फाइल।

बैतडीमा आफ्नै नाबालक छोराको हत्या गरेको आरोपमा बुवा पक्राउ परेका छन्। तीन महिनाको नाबालक छोरा लक्ष्मण चन्दको हत्या गरेको अभियोगमा जिल्लाको पञ्चेश्वर गाउँपालिका–५ खनाडी बस्ने ४० वर्षीय राजबहादुर चन्द मंगलबार पक्राउ परेका हुन्।

राजबहादुरले नाबालक छोरालाई लछार पछार गरी कुटपिट गर्दा बालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। राजबहादुरले आफ्नो ७० वर्षीय बुबा मन्धिर चन्दलाई समेत कुटपिट गरेका छन्। छोराको कुटाइबाट घाइते भएका बुबा मन्धिरको स्थानीय मेडिकलमा उपचार भइरहेको र राजबहादुरलाई पक्राउ गरी घटनाबार आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुस