फाइल।

डोटीमा भीर माथिबाट खसेको ढुंगा टाउकोमा लागेर सायल गाउँपालिका–१ छपाली पुजारागाउँकी ११ वर्षीया बालिका समीक्षा पुजाराको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार जंगलबाट बाख्रा चराएर घर ल्याउन हिँडेकी समीक्षाको मंगलवार साँझ टाउकोमा ढुंगा लाग्दा मृत्यु भएको हो ।

मृतक बालिकाको शव परीक्षणका लागि अहिले जिल्ला अस्पताल डोटीमा ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ । विद्यालय बिदापश्चात् घरबाट खाजा खाएर जंगल बाख्रा ल्याउन हिँडेकी निज बालिकासँग अन्य २ बालबालिकासमेत रहेको तर ती बालबालिका भागेर बाँच्न सफल भएको स्थानीय बलबहादुर पुजाराले जानकारी दिए । रासस

प्रतिक्रिया दिनुस