सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेकपा वार्ता टोलीबीच पहिलो चरणको औपचारिक वार्ता सकिएको छ। झण्डै ४ घण्टा भएको वार्ता सकारात्मक भएको सरकारी वार्ता टोलीका सदस्य डाक्टर राजन भट्टराईले जानकारी दिए। वार्ताका लागि गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र विप्लव समूहका नेता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’समेत बालुवाटार पुगेका थिए।

विप्लव समूहको वार्ता टोली मंगलबार (हिजो) नै काठमाडौं आइपुगेको थियो। वार्ता सकारात्मक भएको र फेरि बस्ने गरी सकिएको भट्टराईले जनाए। दुई समूहबीच निरन्तर छलफल जारी राख्ने सहमति भएको बताइएको छ। सरकारले ०७५ फागुन २८ गते विप्लव समूहमाथि प्रतिबन्ध लगाएको थियो।

प्रतिक्रिया दिनुस