फाइल।

कञ्चनपुरमा लागुऔषध कारोबार सहित एक मेडिकल सञ्चालक पक्राउ परेका छन्। पक्राउ पर्नेमा जिल्लाको कृष्णपुर नगरपालिका – ५ गुलरीयाका हेल्थ केयर मेडिकलका संचालक चक्र बहादुर चौधरी रहेका छन्।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक अमर बहादुर थापाले लागु औषध बिक्रि वितरण गरिरहेका मेडिकल संचालकलाई पक्राउ गरिएको बताए। उनका अनुसार चौधरीले मेडिकलमा बिक्रिका लागि राखिएको लागु औषध ट्रामाडोल ६ सय थान क्याप्सुल बरामद बरामद गरिएको छ। चौधरीलाई पक्राउ गरी आवस्यक कार्वाही अगाडी बढाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुस