कञ्चनपुरको कृष्णपुर नगरपालिका २ स्थित पूर्व पश्चिम राजमार्गको वाणी वजारमा सडक खण्ड अवरुद्ध भएको छ । सवारी दुर्घटनामा परी ज्यान गसमाएका परिवारलाई क्षतीपूर्ती र सवारी चालकलाई कारवाही गनुपर्ने माग राख्दै सो सडक खण्ड बुधवार विहान देखी नै अवरुद्ध गरिएको हो ।

शुक्लाफाँटा नगरपालिका–११ वनहरा जङ्गलमा धनगढीवाट महेन्द्रनगरतर्फ आउदै गरेको ना४ख १७६४ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको म ३ प १४८० नं को मोटरसाइकललाई ठक्करबाट मोटरसाइकलमा सवार दुवै जानको मृत्यु भएको थियो। मृतकका परिवार र स्थानियवासीले सो सडकखण्डमा टायर वालेर सो सडकखण्ड अवरुद्ध गरिएको जिल्ला प्रहरी कार्यालिय कञ्चनपुरका प्रहरी नायव उपरिक्षक अमर बहादुर थापा क्षेत्रीले जानकारी दिए । साथै सडक खोल्ने प्रयास भइरहेको पनि प्रहरी नायव उपरिक्षक थापाले बताए । हालसम्म पनि परिवारले मृतकको शव बुझ्न मानिरहेका छैनन् ।

प्रतिक्रिया दिनुस