
सुदूरपश्चिम प्रदेश सभाको बुधबार (आज) बोलाइएको बैठक स्थगित भएको छ। प्रदेश सरकारका मन्त्रीहरुका व्यवस्तताका कारण प्रदेश सभा बैठक स्थगित गरिएको हो।
अर्को बैठक भोलि दिउँसो १ बजे बोलाइएको प्रदेश सभा सचिवालयका सचिव रामसिंह धामीले जानकारी दिए । यसअघि फागुन १७ गते पनि बैठक स्थगित गरिएको थियो।
प्रतिक्रिया दिनुस