मंगलबार साँझ पूर्वप्रधानन्यायाधीश सुरेन्द्रप्रसाद सिंहको निधनको शोकमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र सर्वोच्चका न्यायाधीश संलग्न सर्वोच्चको बुधबार बसेको फुलकोर्ट बैठकले शोक मनाउन बिहीबार मुलुकभरका सबै अदालत तथा न्यायाधीकरण बन्द गर्ने निर्णय गरेको छ।

सर्वोच्च अदालतको बुधबार बसेको आकस्मिक पूर्ण बैठकको निर्णयअनुसार सुदूरपश्चिमका ९ वटै जिल्ला अदालत र उच्च अदालत दिपायलमा पनि शोक बिदा दिइएको हो। पूर्वप्रधानन्यायाधीश सिंहको फागुन १८ गते साँझ निधन भएको थियो। बि.स.१९८८ सालमा सर्लाहीमा जन्मिएका सिंहले २०५२ साल असोज १० गतेदेखि २०५३ फागुन ३ गतेसम्म प्रधानन्यायाधीशका रुपमा काम गरेका थिए।

प्रतिक्रिया दिनुस