सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट कञ्चनपुर आउने भएका छन्। कञ्चनपुरको बेतकोट नगरपालिका –१० स्थित चतहरी र नयाँ गाउँ जोड्ने पुलको शिलान्यास गर्न आइतबार (आज) दिउँसो मुख्यमन्त्री कञ्चनपुर आउने भएका हुन्।
पूर्वाधार विकास कार्यालय कञ्चनपुर मार्फत प्रदेश सरकारको चालु आर्थिक वर्षको योजना शिलान्यासका लागि मुख्यमन्त्री भट्ट सहित प्रदेश सभा सदस्य लाल बहादुर खडका कार्यक्रममा आउने कार्यालयले जनाएको छ। पूर्वाधार विकास कार्यालय कञ्चनपुरका सूचना अधिकारी इन्जिनियर खेमराज भट्टले डिजाइन एन्ड बुल्ट स्वयम निर्माण व्यवसायीले आफैले डिजाइन गर्ने र निर्माण गर्ने नयाँ प्रकृतिको ठेक्का भएको पुलको शिलान्यास गरिने बताए।
उनका अनुसार केएस कन्स्ट्रक्सन प्रालिले ११ करोड ५४ लाख ९१ हजारमा निर्माण हुने छ। गाउँमा पुल बन्ने भएपछि स्थानीय हर्षित भएका छन्। मुख्यमन्त्री त्रिलोचन भट्टले आज दिउँसो २ बजे उक्त पुलको शिलान्यास गर्ने कार्यक्रम रहेको बेतकोट नगरपालिकाले जनाएको छ।
प्रतिक्रिया दिनुस