१५ औँ राष्ट्रिय बुदोकैदोको उपाधि कञ्चनपुरले हात पारेको छ। गत शुक्र र शनिबार ‘स्वास्थ्यका लागी खेलकुद राष्ट्रका लागी खेलकुद’ भन्ने नाराका साथ काठमाडौँमा आयोजित १५ औँ राष्ट्रिय बुदोकैदो प्रतियोगिता तथा प्रथम स्वोर्गिय प्रेमकला स्मृति कप (कराते) प्रतियोगितामा कञ्चनपुरका खेलाडी विजयी भएका हुन्।

गोल्ड मेडल प्राप्त गर्नेमा प्रथम स्थानमा खुला तौल समूह तर्फ सागर विष्ट, ३० केजी तौलमा प्रथम जितेन्द्र विष्ट, ३५ केजी तौलमा प्रथम विकास महरा भएका छन्। भने दृतिय स्थानमा ६५ केजी तौलमा धनबहादुर विष्ट, ४५ केजीमा पूर्णिमा खडायत भएका छन्। त्यसै गरी तृतीय स्थान ६५ केजी तौलमा धिरेन्द्र साउद र महिला खुला तौल समूहकी पूजा साउदले ओगटेका छन्।

No description available.

त्यस्तै प्रतियोगिताको उत्कृष्ठ खेलाडी रोहित बिष्ट भएका बुदोकैदो साँखा कञ्चनपुरका प्रशिक्षक लक्ष्मण बोहराले जानकारी दिए। देशैभरीका १८ जिल्लाका खेलाडीको सहभागीता रहेको खेलमा कञ्चनपुरका खेलाडीले उत्कृष्ठ स्थान हात पार्न सफल हुनुभएको उनले बताए।

प्रतिक्रिया दिनुस