प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधि सभा बैठक अवरुद्ध गरेको छ। सभामुख अग्नि सापकोटाले कानुनमन्त्री लिलानाथ श्रेष्ठलाई अध्यादेश पेस गर्न समय दिएपछि कांग्रेसले बैठक अवरुद्ध गरेको हो।

आइतबार आएको सर्वोच्चको फैसलापछि सरकारको वैधता सकिएको र वैधतामाथि प्रश्न उठेको सरकारले अध्यादेश ल्याउन नमिल्नै भन्दै कांग्रेसका सांसदहरूले उठेर विरोध जनाएका थिए।

तर, विरोधकैबीच अध्यादेश पेस भएको छ।त्यसअघि बैठकको कार्यसूचीमाथि असहमति जनाउँदै नेकपाको प्रचण्ड-माधव पक्षका सांसदले समेत बैठक बहिष्कार गरेका थिए।

प्रतिक्रिया दिनुस