पछिल्लो २४ घण्टामा देशभर ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै पछिल्लो २४ घण्टामा ५८ कोरोना संक्रमित निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हालसम्म दुई लाख ७४ हजार ७ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा थप ५८ जना कोरोना संक्रमण मुक्त भएसँगै नेपालमा हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या दुई लाख ७० हजार ८ सय ८६ पुगेको छ । यस्तै नेपालमा हालसम्म ३ हजार १० संक्रमितको मृत्यु भइसकेको छ भने पछिल्लो २४ घण्टामा कुनै पनि कोरोना संक्रमितको मृत्यु भएको छैन ।

प्रतिक्रिया दिनुस