सुदूरपश्चिम प्रदेश सभा सदस्य तथा नेकपा कञ्चनपुरका नेता महेश दत्त जोशी पुन नेकपा प्रचण्ड नेपाल पक्षमै फर्किएका छन्। संसद् विघटन पनि गत पुषमा नेकपा ओली समूहमा गएका जोशी फागुन तेस्रो साता नेकपा प्रचण्ड नेपाल समूहकै प्रवेश गरेका हुन। नेकपा कञ्चनपुरका युवा नेता नवराज ऐरले संसद् जोशी मूल पार्टीमै फर्किएको बताए। उनलाई नेकपा अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)ले पार्टीमा स्वागत गरेका छन्।
नेकपा प्रचण्ड नेपाल स्रोतका अनुसार ओलीतिर गएका अन्य कञ्चनपुरका नेताहरू समेत नेकपा मूल पाटी प्रचण्ड नेपाल समूहकै फर्किने तयारी गरेका छन् । पहिले पनि नेकपा प्रचण्ड र नेपाल पक्षधर रहेका संसद् जोशी एकाएक ओली समूहमा प्रवेश गरेसँगै उनका सहकर्मी अलमलमा परेका थिए ।
प्रतिक्रिया दिनुस