महेन्द्रनगर स्थित पार्टी कार्यालयमा नेकपा एमाले पार्टीको नाम लेखिएको ब्यानर टाँगिएको छ। तत्कालिन नेकपा ओली समुहका केन्द्रीय सदस्य पल्लवराज भट्ट, भीमदत्तनगरपालिकाका मेयर सुरेन्द्र बिष्ट सहितका नेताले नेकपा एमाले लेखेको ब्यानर टाँगेका हुन। यस अघि माओवादी र एमाले एकिरकणसंगै नेकपा बोर्ड थियो ।

आइतबार सर्वोच्च अदालतले नेकपाको आधिकारिकता ऋषि कट्टेललाई दिँदै एमाले र माओवादी केन्द्रलाई व्युँताइदिएपछि एमालेले पार्टी कार्यालयमा नाम र साइनबोर्ड राख्न लागेको हो। संसद विघटन, सर्वोैच्च आदालतले नेकपा पार्टी ऋर्षि कट्टेललाई दिएसंगै पुर्ववत माओवादी र एमाले यथावत पार्टी रहेको फैसला गरेपछि नेकपा एमाले र माओवादी केन्द्र अलगिएका छन। नेपाल पक्षधरका रुपमा चिनिने विद्यार्थी नेता अनेरास्ववियू कञ्चनपुरका अध्यक्ष ओम बस्नेतले कार्यक्रम आयोजना गरिएको बताए। नेकपा एमाले र माओवादी अलग अलग बस्ने दुवै पार्टीका नेताहरुले बताएका छन।

May be an image of 3 people, including Pallab Raj Bhatta and Khem Bhandari, people standing, tree and outdoors

एमाले नेताहरुले माओवादीबाट मन्त्री भएकाहरुलाई हटाएर उनीहरुको ठाँउमा नेपाल पक्षधर नेताहरुलाई जिम्मेबारी दिने तयारी गरेको बताएका छन। एकताको किचलो भन्दै दुवै पार्टी अलग अलग भएर आ–आफ्ना एजेण्डा लिएर देश र जनताको पक्षमा काम गर्नुपर्ने प्रतिकृया दिईरहेका छन।

प्रतिक्रिया दिनुस