कञ्चनपुरमा जङ्गल फाँडेर काठ तस्कर गरिरहेका एक जना पक्राउ परेका छन्। जिल्लाको बेलौरी नगरपालिका –४ स्थित स्यालिखोेलाबाट काठ तस्कर गरिरहेको अवस्थामा वडा नम्बर ९ कुण्डाका हर्क बहादुर बिस्टलाई पक्राउ गरेको कञ्चनपुर प्रहरीले जनाएको हो।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक एवम् डिएसपी अमरबहादुर थापा क्षेत्रीका अनुसार विष्टले ५.७५ क्युफिट सालको काठ तस्करी गर्ने क्रममा से ३ प १५४२ नम्बरको मोटर साईकल सहित नियन्त्रणमा लिइएको हो। बिस्टलाई थप अनुसन्धानका लागी कुण्डा डिभिजन वन कार्यालय पचगढीयामा बुझाइएको प्रहरीले जनाएको छ। कुण्डा शव डिभिजन वनकार्यालय पचगडीयाका दिनेश कुमार यादवका अनुसार विष्टलाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको छ।
प्रतिक्रिया दिनुस