बझाङमा आफ्नै छोरीलाई जवरजस्ती करणी गरेको आरोपमा बुबा पक्राउ परेका छन्। जिल्लाको बुङ्गल नगरपालिका –१ का ४४ बर्षिया ब्यक्तिले फागुन २७ गते राती ११ बजेको समयमा कोठामा सुति रहेको अवस्थामा मदिरा सेवन गरी जवरजस्ती करणी गरेको भन्दै पिडित बालीकाकी आमाले दिएको जाहेरीका आधारमा निजलाई पक्राउ गरीएको प्रहरीले जनाएको हो।
जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी प्रमुख रुपक खड्काका अनुसार प्रहरीमा आएको जाहेरीका आधारमा आरोपीलाई फागुन २७ गते जिल्लाको विथ्थडचिर गाउँ पालिका ४ देउलेकबाट पक्राउ गरिएको र थप अनुसन्धानका लागी जिल्ला अदालत बझाङबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ।
प्रतिक्रिया दिनुस