कञ्चनपुरको लालझाडी गाँउपालिकामा गौशाला निर्माण हुने भएको छ । सारथी श्रृजनशील समाज नेपालले लालझाडी गाँउपालिका ३ बल्मीमा गौशाला निर्माण गरिने भएको हो । शिवरात्रीको अवसरमा सारथी सृजनशील समाजले तीन दिने मेला आयोजना गरेको थियो ।सारथी श्रृजनशील समाज नेपालका अध्यक्ष चक्रदेव जोशीले ग्लोबल एजुकेशन फाउन्डेसन प्रालिको नाममा रहेको साढे दश विगाह जमिनमा गौशाला निर्माण हुने बताए । उनका अनुसार भागेश्वर कृषि पशुपालन फर्मको सहकार्यमा १५ बर्षका लागि निशुःक जमिन पाईएको छ ।

सारथी श्रृजनशील समाज नेपालका अध्यक्ष चक्रदेव जोशी९सल्लाल० र संरक्षक समेत रहेका मोहनचन्द्र अधिकारी९नेल्शन मण्डेला०द्वारा हस्ताक्षरित गरिएको विज्ञप्तीमा विश्वकै ५१फिट अग्लो भगवान शिसब र कृष्ण दिव्य मन्दिर निर्माण गरिने जनाईएको छ । योगशाला निर्माणका लापिग समाजसेवि नन्दादेवि जोशीलाई सम्मनन गरिएको थियो । लालझाडी गाँउपालिका ३का वडाध्यक्ष टीकाराम चौधरीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा समाजसेवि रामेश्वरी भट्ट, भागेश्वर कृषि पशुपालन फर्म बेदकोटका अध्यक्ष कमला भट्ट, विश्व हिन्दु महासंघ बैतडीका अध्यक्ष हरि भण्डारी, अभियन्ता देवकी भट्ट, द्रोपती पाण्डे, दामोदर भट्ट, सम्झना पाण्डेय, हरि धामी सहितका युवाको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुस