फाइल।

कञ्चनपुरमा सामूहिक बलात्कारमा परेको भनिएकी एक बालिकाले बयान फेरेकी छन्। गत शुक्रबार साँझ जिल्लाको पुनर्वास नगरपालिका– २ मोतिबस्तीमा साझँ सवा ७ बजेतिर आफूलाई अपहरण गरेर ३ जना अपरिचित युवाले सामूहिक बलात्कार गरेको भन्दै उजुरी दिएपछि प्रहरीले उनिहरुलाई नियन्त्रणमा लिएर अनुशन्धान थालेको थियो।

अनुशन्धानका क्रममा १४ वर्षीया ति बालीका प्रेमीलाई भेट्न गएको खुल्नमा आएको कञ्चनपुर प्रहरीले जनाएको हो। कलम किन्न भन्दै सोही ठाउँका १६ वर्षीय प्रेमीलाइ भेट्न गएकी ति बालेकाले अबेर भएपछि घरपरीवारको डरले सामुहीक बलात्कारमा परेको भन्ने बिना आधारको घटना रच्दैै कार्वाहीका लागी प्रहरीमा उजुरी दिएको बुझीएको डिएसपी अमरबहादुर थापाक्षेत्रीले जानकारी दिए। थापाका अनुसार घर पुग्न धेरै ढिलो भएपछि घरपरिवार रिसाउने हुन भन्ने भयले सामूहिक बलात्कारमा परेको भन्दै आफू झुटो बोलेको बालिकाले बताएकी हुन्।

बालिकाले दिएको बयानका आधारमा उनका प्रेमीलाई पक्राउ गरेर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। यसअघि शुक्रबार साँझ करिब साढे ७ बजेतिर बालिकामाथि पहिचान नखुलेका ३ जना युवाको समूहले बलात्कार गरेको प्रहरीले बताएको थियो। बालिका कलम किन्न घरबाट करिब ४ सय मिटरको दुरीमा रहेको पसलमा गइरहेका बेला उनीमाथि बलात्कार भएको दाबी गरिएको थियो।

प्रतिक्रिया दिनुस