नेपाली कांंग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले नेपाली कांग्रेस आमनिर्वाचन केन्द्रित भएको बताएका छन् । उनले नेपाली कांग्रेस सरकारको नेतृत्वको लागि तयार रहेको बताएका हुन् । प्रेस युनियन कैलालीद्वारा आज ९सोमवार० धनगढीमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै सहमहामन्त्री महतले भने, “स्वाभाविक र प्राकृतिक रुपमा नेपाली कांग्रेसले सरकारको नेतृत्व लिनुपर्छ ।

तर अस्वाभाविक र अप्राकृतिक शर्तहरु मानेर नेतृत्व लिनुको अर्थ छैन। वर्तमान सरकारको विकल्प जरुरी छ, लोकतान्त्रिक मुल्य र मान्यतालाई मजबुत गर्न जरुरी छ। यो सरकारबाट हुन सक्दैन। त्यो बुझेर, निष्कर्ष निकालेर नेपाली कांग्रेसले नेतृत्व लिनुपर्छ भन्ने कुरा आयो भने हामीले नेतृत्वबाट भाग्ने कुरा आउँदैन।”तर नेता महतले कसैको नेतृत्वमा सरकारमा नजाने बताएका छन् ।

कांग्रेस अझै पनि केही समय हेर र पर्खको अवस्थामा रहको बताउँदै उनले अरुको नेतृत्वमा सरकारमा नजाने बताएका हुन् । आफुहरुको मूल लक्ष्य आमनिर्वाचन भएपनि अबको अल्पकालीन अवस्थामा संसदको अंक गणितको अवस्था हेरेर अगाडि बढ्ने र अनुकुल अवस्था भए सरकारमा जान पनि सक्ने उनको भनाइ थियो।

प्रतिक्रिया दिनुस