मंगोलिया : धुलोसहितको आँधी आउँदा मंगोलियामा ६ जनाको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार शनिबार रातिदेखि आएको सो आँधीका कारण अझै ८१ मानिस बेपत्ता छन् । मंगोलियाको आपतकाल व्यवस्थापन विभागका अनुसार ५४८ मानिस बेपत्ता भएकामा ४६७ जना सम्पर्कमा आएका छन् । बाँकी ८१ जना अझै सम्पर्कबिहीन भएका छन् ।
यसैगरी आँधीका कारण मुलुकको पश्चिमी क्षेत्रमा विद्युत आपूर्ति बन्द भएको जनाइएको छ । छिमेकी मुलुक चीनमा पनि आँधीको असर परेको समाचारमा उल्लेख छ । राजधानी बेइजिङलगायतका उत्तरी क्षेत्रमा दशककै सबभन्दा ठुलो बालुवासहितको हुरी चलेको बताइएको छ ।
प्रतिक्रिया दिनुस