राष्ट्रपति विद्यादेवी भण्डारीले आज कोरोना भाइरसविरुद्धको खोप लगाउने हुनु भएको छ । दिउँसो ४ बजे उहाँले त्रिवि शिक्षण अस्पतालमा रहेको खोप केन्द्रमा खोप लगाउने तयारी भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

यसअघि त्रिवि शिक्षण अस्पतालमा नै प्रधानमन्त्री केपी शर्मा ओलीले गएको २३ गते कोरोनाविरुद्धको खोप लगाउनु भएको थियो। प्रधानमन्त्री ओलीले खोप लगाउँदै ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई खोप लगाउने अभियान सुरु गरिएको थियो । हिमाली जिल्लामा भने ५५ वर्षभन्दा माथिका नागरिकलाई खोप वितरण भइरहेको छ ।

प्रतिक्रिया दिनुस