महेन्द्रनगर २, चैत्र–कञ्चनपुरमा फोहोर मैला व्यवस्थापनका नाममा खाल्डा पुरिन थालेपछि दुर्गन्ध बढ्दै गएको छ। जिल्लाको भीमदत्तनगरपालिकाले महेन्द्रनगर बजार क्षेत्रबाट टिप्परमा संकलित फोहोर मैला मेनरोड किनारामा थुपारीदिता अति दुर्गन्धले मानव स्वास्थ्यमै प्रतिकुल असर पर्ने जोखिम बढेको हो।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत ट्राफिक चोक देखी कृर्षी ज्ञान केन्द्र सम्मको सडक छेउमै नगरपालिकाले बिहानै टिप्परल्याएर फोहोर थुपार्ने गरेपछि वरीवरीका स्थानीयलाई रातदिन दुर्गन्धले बस्नै मुस्किल हुने गरेको गुनासो गरिएको छ। सोही क्षेत्रमा पसल थापेर बसेका स्थानीय केशव दत्त भट्टले फोहोर छेउमै फालिदा उत्पन्न दुर्गन्धले बस्नै मुस्किल हुँदै गएको गुनासो पोखे। उनले भने,–‘६ बजे बिहानै फोहोर सङ्कलन गरेर नगरपालिकाको टिप्पर सडक छेउमा थुपार्ने गरेको छ, दुर्गन्धले बस्नै मुस्किल भयो।’ उनले दिनमा झिँगा र रातमा लाम्खुट्टेले सताउने गरेको गुनासो गरे।

No description available.
नगरपालिकाले उचित स्थानको खोजी गरी फोहर व्यवस्थापन गर्नुको साटो सडक छेउमा दुर्गन्ध फेलाउदा ओहोर–दोहोर गर्ने यात्रुहरूले समेत नाक च्यापेर हिन्नुपरेको उनले बताए। वसन्त ऋतु सँगै हावाहुरी चल्न थालेपछि खाल्डामा पुरिएका फोहोर हावासँगै उड्ने भएपछि झनै दुर्गन्धित वातावरण हुने भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन्।

यता भीमदत्तनगरपालिकाले भने फोहोर मैला व्यवस्थापन केन्द्रको टुंगो नलागिसक्दा जेनतेन व्यवस्थापन गरिरहेको जनाएको छ। विगत ३ वर्ष देखी फोहोर मैला व्यवस्थापन केन्द्रका लागी स्थान खोजीएपनि टुंगो लाग्न नसक्दा सडक छेउका खाल्डा नै उचित विकल्प भएको नगरपालिकाले दाबी गरेको हो। नगर प्रवक्ता हिमाल चन्दका अनुसार तत्काल उचित स्थान नभेटिँदा खाल्डा खुल्डी पुर्न फोहोरको सदुपयोग गरिएको हो।

उनले भने,–‘पूर्व पश्चिम राजमार्ग अन्तर्गत ट्राफिक चोकमा खाल्डा थिए, खाल्डा पनि पुर्नै पर्ने भएकाले संकलित फोहोर फाली खाल्डा पुर्ने कार्य भइरहेको छ।’ उनले खाल्डा पुरेपछि माथीबाट बालुवा खन्याइदा दुर्गन्ध नबढ्ने दावी गरे।

No description available.

नगरपालिकाले ६० करोड बजेट छुट्याउदै विभिन्न चरणमा गरी बजारको सौन्र्दयता बढाउने काम भइरहेको दाबी गरेको छ।  पहिलो चरणमा एडिबीले बजार क्षेत्रका १४ किलोमिटर सडक स्तरोउन्तीको कार्यगरीरहेको छ। जसअन्तर्गत एडिबीले ढल निकासा, नाली निर्माणको कार्य सँगै फोहोर मैला व्यवस्थापनको पनि टुंगो लगाइसक्नुपर्ने भीमदत्तनगरपालिकाले जनाएको छ।

तर नगरपालिकाले एकातिर ‘फोहोर बाट मोहर’ बनाइने दाबी गर्दे आए पनि सडक क्षेत्रका खाल्डा खुल्डी पुर्न फोहोरको प्रयोग गर्न थालेपछि दुर्गन्ध बढेसँगै मानव स्वास्थ्यमा समेत प्रतिकुल असर पर्ने देखिएको हो।

प्रवक्ता चन्दका अनुसार एडिबीको जिम्मेवारी अनुरूप फोहोर मैला व्यवस्थापन केन्द्र तोकिसक्नु पर्ने छ। उनले भने,–‘हामीलाई पूर्ण विश्वास छ, एडिबीले जिम्मेवारी पुरा गर्नेमा।’

प्रतिक्रिया दिनुस