सञ्जय महर

झलारी । कञ्चनपुरको झलारीमा संचालन भएको तेस्रो शुक्लाफाँटा कृषि पर्यटन साँस्कृतिक तथा औद्योगिक व्यापार मेलामा लोक देउडा गायिका ईस्बल सञ्जालले दर्शक तथा आयोजक नचाएकी छिन । महोत्सव शुरु भएको तेस्रो दिन बिहीबार मुख्य कालाकार रहेकी ईस्बलले दर्शक र आयोजकलाई नचाएकी हुन ।

ईस्बलले प्रस्तुत गरेको लोक तथा देउडा गितहरुमा दर्शक एव अतिथि दिर्घामा रहेका आयोजकहरुलाई नचाएकी हुन । सबैभन्दा बढी चल गोबिन्दी, मोहनी लगायो झुम्की बुलाकीले, खबरै ल्याएर गाँउको हुलाकीले, गितमा दर्शक र आयोजक रमाउँदै देउडा खेलेका थिए । उल्लेख दर्शकको सहभागिता नभएपछि ईस्बलको प्रस्तुती आएपछि दर्शक झुमिएका थिए ।

लोक दोहोरी, देउडा गित आएर पश्चिम नेपालको मौलिक संस्कृति सरक्षणमा प्रभावकारी भूमिका निर्वाह गरेकी ईस्बलले छोटो समयमै संगिक क्षेत्रमा क्रान्तिकारी छर्लाङ मारेकी छिन । राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल कालिकोटकी अध्यक्ष समेत रहेका सञ्जाल युवा कालाकारले स्वदेश तथा विदेशमा समेत धमाकेदार प्रस्तुती गर्दै आएकी छिन ।

झलारी उद्योग वाणिज्य संघका अध्यक्ष धिरेन्द्र साउदले महोत्सवमा स्थानीय बस्तु तथा सेवाको प्रर्बद्धन सहित पश्चिम नेपालको मौलिक लोक संस्कृति सरक्षणका लागि स्थानीयदेखि राष्ट्रिय कालाकारको दैनिक साँस्कृतिक कार्यक्रम संचालन भईरहेकाले महोत्सव अवलोकनका लागि आब्हान गरेका छन ।

प्रतिक्रिया दिनुस