कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार पछि हत्या प्रकरणमा गृह मन्त्री रामबहादुर थापाकै संलग्नता रहेको आरोप लागेको छ। लेखक तथा नागरिक अगुवा खगेन्द्र संग्रौलाले फेसबुकमार्फत गृहमन्त्री राम बहादुर थापा बादललाई सो गम्भीर आरोप लगाएका हुन्। भिमदत्त नगरपालिकाकी बालिका  पन्तको बलात्कारपछिको हत्याको घटनामा गृहमन्त्री थापाकै संलग्नता रहेको संग्रौलाले ठोकुवा गरे।

उनले निर्मलाको हत्यामा संलग्नता भएकै कारण थापा निरीह बनेका बताए। निर्मलाको हत्यामा संलग्न भएकै कारण गृहमन्त्री थापा प्रधानमन्त्री केपी शर्मा ओलीले ब्ल्याकमेलिङ गरिरहेको पनि संग्रौलाको आरोप छ । आफ्नो सत्ता स्वार्थका लागि ओलीले सोही विषयमा बादललाई ब्ल्याकमेलिङ गरिरहेका उनको आरोप छ। यी सबै विषयमा अहिले बाहिर जानकारी नआएपनि समयक्रममा सबै खुल्दै जाने संग्रौलाले लेखेका छन्। उनले धेरै कुरा समयक्रममा खुल्दै जाने प्रष्ट पारेका छन्।

संग्रौलाले लेखेका छन्, ‘निर्मला पन्तको बलात्कारपछि हत्यामा राम बहादुर थापा ’बादल’ को संम्लग्नताले उनी निरीह बने। उनको निरीह पनलाई केपी ओलीले ब्ल्याकमेलिङ गरिरहेका छन्। आफ्नो सत्ता स्वार्थलाई। धेरै कुरा समयक्रममा खुल्दै जाने छ।’

वि.स.२०७५ साउन ११ गते निर्मलाको बलात्कार पछि हत्या गरीएको अवस्थामा निम्बुखेडा स्थित उखु वारिमा शव फेला परेको थियो। उक्त प्रकरणमा प्रहरीले पटक पटक हत्यारा भन्दै विभिन्न व्यक्तिहरुलाई सार्वजनिक समेत गरेको थियो। तर वास्तविक हत्याराको भने अझै पहिचान हुन सकेको छैन्।

प्रतिक्रिया दिनुस