भवानी बराल-विश्वमै भएको आश्चर्यहरुलाई मात गर्दै सर्बोच्च अदालतले फागुन २३ गते फैसला गरेपछि नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० वैधानिक रुपले नै विभाजित हुन पुगेको छ । यो फैसलाले नेपालको आगामी राष्ट्रिय राजनीतिलाई कस्तो प्रभाव पार्छ त्यसको परिणामबाट थाहा हुनेछ । तर आगतमा भने यो फैसलाले नकारात्मक परिणाम देखाएको छ । क्रृषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई न्याय दिने उद्देश्यले यो फैसला आएको अर्थमा सर्बोच्चको निर्णय भएको छिपछिपे बुझाई मात्र हो ।

कट्टेलको पार्टीलाई न्याय दिनकै लागि यो फैसला हुँदो हो त धेरै अघि नै आउनु पर्ने हो । र, निवेदकको मागदावी भन्दा पर्तिर गएर फैसलाको पेटबोलीमा अन्यत्र कुरामा बोल्न पर्दैन थियो । यो फैसला यस्तो अवस्थामा आएको छ, जतिबेला एक तीरले दुई शिकार गरोस । भयो पनि त्यस्तै । कट्टेलको पार्टीले पनि आधिकारिकता पायो । सत्तारुढ नेकपा पनि शिकार भयो ।

प्रतिनिधिसभा पुनस्र्थापना गरेर वाहवाही कमाएको सर्बोच्चको यो निर्णय मान्नु पर्ने वाध्यात्मक परिस्थिति भएपनि यसले राजनीतिलाई भने आगामी दिनमा भँडाल्नेछ ।लोकतन्त्रको भविष्यमाथि यो अर्को ‘कु’ हो । क्षणभर त ठूलो पार्टीको सर्वसत्तावादलाई अंकुश लगाएको जस्तो देखिन्छ । सर्वसत्तावादलाई निषेध गर्नुपर्छ तर यसको मतलव यो होइन कि जनताको सार्वभौम अधिकार नै गुम होस । यो निर्णयको सकारात्मक पक्षभन्दा पनि नकारात्मक पक्षको आयाम ठूलो हुने घटनाक्रमले देखायो भने त्यसले अँध्यारो सुरुङको यात्रा गराउने छ । संशोधनवाद र संशोधनवादको पतनको अर्थमा सैद्धान्तीकरण गर्न सकिएला ।

यद्यपि यसले प्राप्त उपलब्धिलाई खियाउँदै लैजाने त होइन त्यसमा सचेत हुन जरुरी हुन्छ ।ओलीले पनि विगतमा अघोरी राष्ट्रवादी भएको नौटंकी गरेर भ्रम दिए । जसरी सिकन्दरले महान् विजयको यात्रा गर्दै भ्रम दिएका थिए । कालान्तरमा ओलीको राष्ट्रवाद ढोंगी राष्ट्रवादमा पटाक्षेप भइसकेको छ । ओली अलगथलग भएपछि राम मन्दिर बनाउने, पशुपतिमा करौडौं रुपैयाको सुनको जलारी चढाउने, राजदरबार अगाडि सभा राख्ने काम गरिसकेका छन् । उनले राजतन्त्रवादी, हिन्दु धर्मसापेक्षतावादी, गणतन्त्र विरोधीहरुको साथ सहयोग लिन गरेको अनुनय विनय हो । माक्र्सवाद लेनिनवादको बर्को फ्यालेपछि उनले अर्को वर्गको साथ पाइन्छ कि भनेर गरेको विन्तीपत्र हो ।

तर, प्रधानमन्त्री हुनलाई जस्तोसुकै तमसुक गर्ने ओली प्रवृत्तिको कुरामाथि उल्लेखित वादी र विरोधीले बेलैमा सोचे त्यो अर्थपूर्ण हुन्छ ।

एमालेमा भाँडभैलो 

       फैसलाको लगत्तै नेकपा (एमाले)को पार्टी जीवनमा खैलाबैला आउन थालेको छ । फैसलाले एमालेको पार्टी जीवनलाई पूर्ववत फर्काएको भएपनि ओली गुटले यसकै फाइदा उठाउँदै केन्द्रीय कमिटी विस्तार गरिसकेको छ । पूर्व एमालेमा विधानतः पार्टी कमिटी विस्तार गर्ने, पद विभाजन वा खारेज गर्ने कुनै प्रकारको स्थान नभएपनि ओलीले मनमौजी गरिसकेका छन् । महासचिव बाहेकका निर्वाचित पदाधिकारीलाई खारेज गरेर आगामी मंसीर पहिलो साता महाधिवेशन गर्न एकलौटी निर्णय गरिसकेको छ । माधव नेपाल तथा झलनाथ खनाल समूहलाई जानकारीसम्म पनि नदिएर गरिएको यो निर्णयले त्यो समूहलाई चिसो छिँडीमा छाड्ने संकेत गरेको छ । ओली गुटको यो कदमको विरुद्ध नेपाल–खनाल समूह यतिखेर ‘गर या मर’को स्थितिमा पुुगेको छ । यसरी नै ओली गुटले अर्को समूहलाई पेल्दै लगे पूर्व एमाले पनि विभाजनको संघारमा पुग्ने निश्चित हुन्छ । आउँदो केन्द्रीय कमिटी बैठकमा ओली गुटले गरेको पाँडेपजनी फिर्ता भएन भने त्यही दिन एमालेको अर्को पुनर्गठनको तयारी हुनेछ । यस्तै परिदृश्यको आँकलन गरेरै हुनसक्छ ओली इत्तर समूहले राष्ट्रिय भेलाको सुरसार पनि गरिसकेको छ । भेला प्रयोजनको लागि इतर समूहले इन्चार्जहरु पनि तोकिसकेको छ ।

विद्रोह या आत्मसमर्पण 

ओलीइतर समूहलाई विद्रोह या आत्मसमर्पण दुईवटा बाहेक तेस्रो विकल्प छैन । पहिलो विकल्पले ओलीइतर समूहमा ज्यान हाल्नेछ । दोस्रो विकल्पले शब्द अनुसारकै परिणाम दिनेछ । माक्र्सवादी भाष्यमा मात्र होइन सामान्य परिवर्तनको लागि पनि विद्रोह नै एकमात्र अचुक हतियार हो । एमालेमै बसेर अन्तरसंघर्ष चलाउने कुराको अन्ततः अनुवाद आत्मसमर्पणमै गएर टुङ्गिन्छ । जिवन्त लेनिनवादी सांगठानिक र विचार भएको पार्टीमा मात्र अन्तरसंघर्षको गुञ्जायस रहन्छ । तर, ओली प्रवृत्ति भएको एकलकाँटे माक्र्सवादी विचार धुलिसात भएको पार्टीमा अन्तरसंघर्ष खोज्नु मृगतृष्णा बाहेक केही हुनेछैन । ओलीलाई पेलेर ठेगान लगाउँछु भन्नु बालुवा पेलेर तेल निकाल्छु भन्नु उस्तै हो ।

कम्युनिष्ट विचारसँग हजारौं माइल टाढा गइसकेका, बामपन्थसँग पनि साइनो तोडिसकेको ओली गुटको पुनर्जलीय उपचार गरेर बामपन्थ कक्षमा ल्याउन अब सम्भव छैन । यसर्थ ओली इतर समूहलाई पार्टी पुनर्गठन बाहेकको अर्को बाटो छैन । संसदीय गणितको शान सौकतले राजनीतिको बाटो तेस्र्याउँदैन । संसदको गणितले पार्टी बचाउने पनि हैन । कुनै समय थियो भारतीय राष्ट्रिय कांग्रेसको दुई तिहाई सांसद हुने गर्थे । कुनै समय थियो भारतीय जनता पार्टीको लोकसभामा तीन सिट थियो । रमाइलो त के छ भने ती तीनजनालाई भारतीय, जनता र पार्टी नाम राखेर जिस्काउने गरिन्थ्यो । समयक्रमले उल्टो नतिजा आयो ।

नेपालकै इतिहासमा पनि कांग्रेसको मस्त जवानी देख्ने र अहिले कांग्रेसको गणितीय ‘डिप्रेसन’ हेरे काफी हुन्छ । जहिल्यै पनि परिवर्तनको पक्षमा आन्दोलित पार्टीमात्र जीवित हुन्छ । पहिलो संविधानसभामा माओवादीले निर्वाचनमा पाएको गणितीय उपहार त्यसैसँग सम्बन्धित छ । यसर्थ प्राविधिक कारणले अपवादमा केही समयको लागि जीवित तुल्याउँछ । सदा सदाको लागि होइन । यसर्थ एमालेको ओली इतर समूहले मुद्दालाई अगाडि ल्याउन सक्नु पर्छ । यसको मतलव मुद्दासहितको एमालेको पुनर्गठन एकमात्र उपाय हो । अहिलेको एमाले त विघटनतर्फ सोझिएको ओरालो लागेको संगठन हो । ठूलो शल्यक्रिया गरेर मात्र एमालेको पार्टी जीवनमा जिवन्तता आउनेछ । सामान्य झारफुकले हुनेवाला केही छैन ।

पार्टी साधन विचार साध्य स्

पार्टी भनेको साधन हो, साध्य होइन । विचार साध्य हो । साध्यरुपी विचारले साधन निर्माण गर्न सक्छ । विचारले लेस नभएको पार्टी र क्लबमा केही फरक हुन्न । विचारबाट विचलित पार्टीहरु गणितमा जति ठूलो देखिएपनि त्यो कुनैपनि बेला कर्कलोको पातमा अडेको पानी सरह हुनेछ । हाम्रै देशको जेठो पार्टी प्रजापरिषदको इतिहास बुझ्दा पनि हुन्छ । बयल गाडे सिद्धान्तका प्रतिपादक ओलीले कुनै पार्टी आजका मितिसम्म निर्माण गरेका छैनन् । उनी काकतालीले स्व। रामनाथ दाहालको कारण झापा संघर्षमा आए । त्यो संघर्षबाट भाग्दाभाग्दै पक्राउ परे । एमालेको पूर्व रुप कोअर्डिनेशन केन्द्र, नेकपा माले र पछि एमाले निर्माण गर्दा पनि उनको कुनै योगदान छैन ।

धर्मप्रसाद ढकाललाई काट्नेबाहेक पछिल्ला आन्दोलनमा उनको कुनै भूमिका थिएन, छैन । पहिलोजनान्दोलन, दोस्रो ऐतिहासिक जनान्दोलनमा उनको भूमिका कुनै तानाशाहको कम विरोधीको थिएन । काजु किसमिस खाँदै बयल गाडे सिद्धान्त प्रतिपादन गरेकै हो । ०६२÷०६३ को आन्दोलनको सफलतापछि ‘ब्याक बेन्च’ बसेको सबैले देखे भोगेकै कुरा हो । जेल बसेको भरमा व्याज खान पल्केका उनको यो पछिल्लो हर्कतमात्र हो । उनीभन्दा बढी कता हो कता कम्युनिष्ट आन्दोलनमा योगदान दिएका मोहनचन्द्र अधिकारी बरु सम्मान गर्नलायक पात्र हुन । उनलाई जेल बसेको उपहार यो हदमा दिनु नै गलत थियो । त्यसैको परिणाम भोग्न यतिखेर नेपाली जनता अभिशप्त छन् । मान्छे चिन्नु खसी किन्नु भनेको यही हो ।

छिन्ताङ, पिस्कर, हर्रेबर्रेलगायत मधेसको किसान आन्दोलनको विचारले पार्टी निर्माण ग¥यो । रत्नकुमार बान्तवालगायतका अनेकौं सहिदहरुको विचारले यो पार्टी निर्माण भयो । अशोक राईहरुले यो पार्टी बनाउन तीसौं वर्ष योगदान दिए । तर, विचार नमिल्नासाथ अशोक राईहरुले एमालेमात्र छोडेनन् । एमाले पार्टी परित्याग गरेको विज्ञप्ति निकालेर छोडे । पार्टी छोड्नु, पार्टीबाट निस्कनु सामान्य कुरा हो तर पार्टी परित्याग गर्नु वैचारिक विद्रोह हो । ओलीइतर समूहको पनि योभन्दा अलग मार्गप्रशस्त छैन । यदि विचार छ भने पार्टी परित्याग गर्दै बाहिर निस्कनु सक्नु पर्छ ।

ओलीइतर समूहको राजनैतिक यात्रा वा विसौनी यिनै दुई विकल्पले निर्देशित गरेको छ । प्रतिनिधिसभा विघटन गरेर अहिलेको परिवर्तनलाई खारेज गर्ने मनसुवा बोकेका पात्र मात्र ओली होइनन् । प्रतिगमनलाई संस्थागत गर्दै प्रतिक्रान्तिलाई संरचनागत संस्थागत गर्ने, दोस्रो संविधानसभाले गरेको प्रतिक्रान्ति ९प्रतिगमन०लाई उत्कर्षमा पु¥याएर भएका सबै परिवर्तनलाई खारेज गर्न खटाइएका पात्र हुन । उनी नश्लवादी चरित्रका राष्ट्रघाती, जनघाती विशेषता बोकेका अजिवोगरिव पात्र हुन ।

ओलीइतर समूहको राजनैतिक यात्रा वा विसौनी यिनै दुई विकल्पले निर्देशित गरेको छ । प्रतिनिधिसभा विघटन गरेर अहिलेको परिवर्तनलाई खारेज गर्ने मनसुवा बोकेका पात्र मात्र ओली होइनन् । प्रतिगमनलाई संस्थागत गर्दै प्रतिक्रान्तिलाई संरचनागत संस्थागत गर्ने, दोस्रो संविधानसभाले गरेको प्रतिक्रान्ति ९प्रतिगमन०लाई उत्कर्षमा पु¥याएर भएका सबै परिवर्तनलाई खारेज गर्न खटाइएका पात्र हुन । उनी नश्लवादी चरित्रका राष्ट्रघाती, जनघाती विशेषता बोकेका अजिवोगरिव पात्र हुन । महाकाली सन्धिदेखि नेपालको चुच्चे नक्सा प्रकाशनसम्म आइपुग्दा ओलीको खोक्रो राष्ट्रवाद पनि उदाङ्गो भइसकेको छ ।

मिलेनियम च्यालेञ्ज कर्पोरेसन भित्र्याउन मरिहत्ते गर्ने साम्राज्यवादका ओली एकमात्र प्यादा हुन । नेपालको भूराजनैतिक विशेषता, असंलग्नतालाई अनदेखा गर्दै मित्र राष्ट्र र शक्ति राष्ट्रको खेलकुद गर्न ‘अफगान’ मैदान बनाउने यिनको लक्ष्य हो । यस्तो बेलामा धर्मसापेक्षता आउँदा, संघीयता, गणतन्त्र खारेज हुँदा मुतको न्यानो बाहेक केही हुनेवाला छैन । देश नै अफगान भएपछि यी संरचनाको के अर्थ हुन्छ रु यसर्थ धर्मसापेक्षता समर्थक, संघीयता, गणतन्त्र विरोधीहरुले पनि गम्भीर समीक्षा गरुन । ओलीको लेण्डुपेपथको जानअन्जान सहयोगी नबनुन । दलहरु गम्भीर बनुन । ओलीपथको लक्ष्यराष्ट्रघातका लागि सत्तासाझेदारी र निर्वाचनको अर्थमा मात्र नबुझुन ।

जता भत्कियो त्यतै दैलो स्

ओली गुटले गएको शुक्रबार बालुवाटारमा केन्द्रीय सदस्य थप्ने, विधान संशोधन गरेर जिम्मेवारी हेरफेर गर्ने लगायतको एकलौटी निर्णय गरेपछि एमालेको पुनःएकतामा नयाँ बबाल थपिएको छ । यसले ओलीइतर समूहलाइ अरु सकस थपेको छ । यो समूहले पनि ओलीले पार्टी विधान अनुसार २ जेठ ०७५ को केन्द्रदेखि स्थानीय तहसम्मको पार्टी संरचनालाई आधिकारिक मान्नु पर्ने, विधान संशोधनको एकतर्फी निर्णय खारेज गर्नुपर्ने र ओलीले विधिपद्धति अनुसार पार्टी सञ्चालन गर्ने विश्वास दिलाउनु पर्ने न्युनतम शर्त राखेको छ । यी शर्त पूरा नभएसम्म ओलीइतर समूह चैत ७ गते हुने बैठकमा उपस्थित हुने सम्भावना छैन । ओलीले यी शर्त पूरा गर्लान भन्ने सम्भावना पनि छैन । यी शर्त पूरा भए आगामी केही दिन एमालेको एकता अलिक अगाडि बढ्ला नत्र त्यही मितिदेखि एमालेको विभाजन सुरु हुनेछ । ओली गुट जता भत्कियो त्यतै दैलो देख्ने मुडमा छ । यसकारण ओली गुटले विभाजनको रेखा कोरिसकेको छ ।

ओली गुटको अभियान

संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक, समावेशितामा ओली गुटको विरोध छँदैछ । जनयुद्ध र जनान्दोलन, मधेस आन्दोलन, जनजाति, महिला, दलित अल्पसंख्यक आन्दोलनले दिएको जनादेश प्राप्त उपलब्धि खारेज गर्ने ओली गुटको अभीष्ट हो । यसैले ओलीले संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक, समावेशितामात्र खारेज गरेर विसाउने वाला छैनन् । ओली गुटको अभियान यतिखेर न्युनतम विन्दुमा छ अधिकतम विन्दु त यहाँ कल्पनामात्र हुनेछ ।

कसैकसैलाई लाग्दो हो ओलीले संघीयता र धर्मनिरपेक्षता खारेज गर्छन, तिनलाई यसो गरे त ठीकै होला भन्ने पनि लाग्दो हो । तर, कुरोको चुरो यतिमामात्र छैन । उनले वर्तमानमा प्राप्त अधिकारलाई पनि सेबोटेज गर्नेछन् । पार्टी स्वतन्त्रता, बहुदलीय प्रतिष्पर्धा, स्वतन्त्रताको हक सम्बन्धी, सञ्चारको स्वतन्त्रता, संगठन खोल्ने स्वतन्त्रतामाथि पनि धावा बोल्ने छन् । प्रतिनिधिसभा विघटन गरेर संविधानको प्रस्तावनामा भएको ‘प्रतिष्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणाली’ माथि धावा बोलेकै हुन ।

गतवर्षको सुरुवातमै उनले संगठित पार्टीलाई विघटनमा पु¥याउने अध्यादेश ल्याएबाट पनि बुझ्न सकिन्छ । पार्टीहरुलाई विभाजन गर्ने अनेक तुरुप ल्याउने र दलहरुप्रति नै आमसमुदायको वितृष्णा जगाउने उनको कारोबार थियो । राजनीतिप्रति नै उदासीन बनाउने र फासीवादी शासनको मार्गप्रशस्त गर्ने उपक्रममा ओली लागेका छन् । सञ्चार र सूचनाको हकलाइ कुण्ठित गर्न सामाजिक सञ्जाल निर्देशिका संसद भवनमा ल्याउन ठीक पारेबाट पनि संकेत स्वरुप बुझ्न सकिन्छ । त्यतिबेला संघीयता र धर्मनिरपेक्षता, गणतन्त्र विरोधीहरु पनि झल्याँस्स हुनेछन । जतिबेला संघीयता, गणतन्त्र र धर्मनिरपेक्षतामात्र जाने छैन, नागरिकका नैसर्गिक अधिकार, मौलिक अधिकार पनि गुमसुम हुनेछ । भ्रष्टाचार, कुशासनले आकाश छुएको घटनाले त ओलीको समर्थन गर्नेहरुको भदौमा मात्र हैन, जन्मै चर्म चक्षुमा फुलो परेको हुनुपर्छ ।

सिकन्दरको सिद्धान्तः

ओली यतिखेर सिकन्दरको नक्कल अन्दाजमा छन् । ओली गुटमा लागेकाहरु पनि त्यही सिकन्दरका सिपाही जस्ता छन् । सिकन्दरले भन्ने गर्थे, ‘जता सिकन्दर उभिन्छ त्यतै सिपाही उभिन्छ ।’ तर, सिकन्दरको पतन साम्राज्यवादी विस्तारवादी हमला गर्दै भारत आइपुगेपछि राजा पुरुहरुले उनको योजनालाई सँधैको निम्ति ब्रेक लगाई दिए । यतिखेर राजाको रुपमा पुरुहरु त छैनन् । यद्यपिसचेत नेपाली जनताले ओली गुटलाई धुलो चटाउने सामथ्र्य राख्छन ।

ओलीले गर्न खोजेको त्यही सिकन्दरको प्रतिलिपि भूमिका हो । सिकन्दर बन्नकै लागि उनले विगतमा युथ फोर्स पाठशाला खोलेका थिए । तिनै पाठशालामा दीक्षित ‘भालेमुङ्ग्रो’हरु मात्र ओलीको टेको पुड्को छन । युथ फोर्स पाठशालाकोकारण ओलीको महान नारा ‘ओली आई लभ यु’ बन्न पुगेको हो । ओलीको पुतला त्यही पाठशालामा उत्पादित ‘कलाकृति’ हो । उनको पुतलाले सिकन्दर भएको प्रचार गर्ने हाँस्यास्पद काम गरेको छ । ओलीले सिकन्दर बन्नकै लागि बाम गठबन्धन र त्यसपछि पार्टी एकता गरेको घटनाले पुष्टि गरेको छ । तर, सिकन्दर महानमात्र भएनन् उनको पतन एउटा दुःखान्त घटनामा भयो ।

ओलीले पनि विगतमा अघोरी राष्ट्रवादी भएको नौटंकी गरेर भ्रम दिए । जसरी सिकन्दरले महान विजयको यात्रा गर्दै भ्रम दिएका थिए । कालान्तरमा ओलीको राष्ट्रवाद ढोंगी राष्ट्रवादमा पटाक्षेप भइसकेको छ । ओली अलगथलग भएपछि राम मन्दिर बनाउने, पशुपतिमा करौडौं रुपैयाको सुनको जलारी चढाउने, राजदरबार अगाडि सभा राख्ने काम गरिसकेका छन् । उनले राजतन्त्रवादी, हिन्दु धर्मसापेक्षतावादी, गणतन्त्र विरोधीहरुको साथसहयोग लिन गरेको अनुनय विनय हो ।माक्र्सवाद लेनिनवादको बर्को फ्यालेपछि उनले अर्को वर्गको साथ पाइन्छ कि भनेर गरेको विन्तीपत्र हो । तर, प्रधानमन्त्री हुनलाई जस्तोसुकै तमसुक गर्ने ओली प्रवृत्तिको कुरामाथि उल्लेखित वादी र विरोधीले बेलैमा सोचे त्यो अर्थपूर्ण हुन्छ ।

प्रधानमन्त्री बन्न उनले विगतमा संघीयता, धर्मनिरपेक्षता, गणतन्त्र सबै स्विकार गरेका हुन । यसर्थ उनी कमल थापा जस्तै गाईको सवार गरेर पर्खाल नाघ्ने उपक्रम गरेका हुन । कमल थापा प्रवृत्ति भनेको मुसा प्रवृत्ति हो भनेर बहुदलीयकालमा उनकै नेता लोकेन्द्रबहादुर चन्दले ठहर गरेका थिए । ओली पनि त्यस्तै मुसा हुन । जसले बाम गठबन्धन, पार्टी एकीकरणको जहाज चढेर यतिखेर जहाजमा प्वाल पारिसकेका छन । सानोभन्दा सानो स्वार्थ पनि पूरा गर्ने मुसा प्रवृत्ति देखाउने प्रवृत्ति सारमा भष्मासुर प्रवृत्तिमा परिणत हुनेछ । यसर्थ उल्लेखित वादी र विरोधीहरुले ओलीको अभयदान नपर्खेकै बेस हुन्छ । उनको यो फगत कलाविहीन नाटक हो । यसअघि नै ओलीको नाटक पर्दाफास हुनेछ ।

ओली गुटको ग्याँस चेम्बर :

जर्मनीमा एकजना विद्वानको प्रसिद्ध भनाइ छ । उनका अनुसार नाजीहरुले पहिले कम्युनिष्टलाइ लिन आए, त्यसपछि यहुदीहरुलाई लिएर गए, अर्को पटक प्रोटेष्टेण्टलाई लगे, अन्तमा बाँकी रहेको क्याथोलिक पनि नाजीको कोपभाजनमा परे । पहिलो पटक कम्युनिष्टलाई लिन आउँदा बाँकी यहुदी, प्रोटेष्टेण्ट र क्याथोलिकले विरोध गरेको भए नाजीहरुले उत्पात मच्चाउने, नरसंहार गर्न पाउने थिएनन । हिटलरको ग्याँस चेम्बरमा लाखौंयहुदीको ज्यान पनि जाने थिएन । तर, नाजीहरुले एक पछि अर्कोलाई लाँदै गर्दा रमिते भएको कारण अन्ततः नाजीवादको सिकार सबै भए । यतिखेरओली गुटको खेतीपाती पनि त्यस्तै हो । बूढाखाडा मरे भन्दा पनि काल पल्कियो कि भन्ने बुझ्न जरुरी छ । ओलीले संघीयता, गणतन्त्र र धर्मनिरपेक्षतामात्र निल्दै छैनन्, सके उनले मौलिक अधिकारलाई पनि खारेज गर्नेछन । बुझ्न ढीला गर्नु हुन्न, कतै जर्मनीको नियति नझुल्कियोस । फासीवादले जनताको शिरमा गिर नखेलोस । समयबद्ध साप्ताहिकबाट

प्रतिक्रिया दिनुस