पछिल्लो २४ घण्टामा देशभर थप ११४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलवार सार्वजनिक गरेको अद्यावधिक विवरण अनुसार कूल संक्रमितको संख्या २ लाख ७५ हजार ४२४ पुगेको छ ।

कूल संक्रमितमध्ये २ लाख ७१ हजार ४९५ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा थप ९४ संक्रमित निको भएका जनाइएको छ । मंगलवार देशभर सक्रिय संक्रमितको संख्या ९१५ रहेको मन्त्रालयले जनाएको छ । मंगलवार कोरोनाले थप कसैको पनि मृत्यु भएन । कोरोनाले मृत्यु हुनेको कूल संख्या ३ हजार १४ रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुस