महेन्द्रनगर ३ चैत्र-चार दशकभन्दा लामो इतिहास बोकेको नेपालको सबैभन्दा पुरानो विद्यार्थी सङ्गठन नेपाल विद्यार्थी संघ आफैमा विभाजित हुन पुग्दा विद्यार्थीहरूमा भ्रम पैदा हुन थालेको छ। पछिल्लो पटक कञ्चनपुरका क्याम्पसमा इकाई कमिटी गठन तर्फ लागेको विभाजित नेविसंघका होर्डिङ बोर्डे नै फरक–फकर आकृतिमा देखिन थालेका हुन्। जसले विद्यार्थीहरूमा गलत सन्देश प्रवाह हुने तर्फ चिन्ता व्यक्त गरिएको छ।

डेढ महिना पहिले मात्रै पार्टीको निर्णय अनुसार क्याम्पसहरुमा इकाई कमिटी गठनका लागी होर्डिङ अपरिहार्य नभएको भन्दै नलगाउन निर्देशन दिइएको थियो। तर निर्णयको २४ घण्टा नबित्दै रातो बोर्डमा सेतो चिन्ह स्पष्ट देखिने गरी महेन्द्रनगर स्थित सिद्धनाथ विज्ञान क्याम्पसमा होर्डिङ बोर्ड टाँसियो।

सिद्धनाथ विज्ञान क्याम्पस नेविसंघका इकाई सभापति तथा जिल्ला सहसचिव बिपी जोशीले वरीयताक्रमलाई आधार नै नमानी पार्टीको निर्णय विपरीत रातो बोर्डमा सेतो चिह्न अङ्कित होर्डिङ बोर्ड टासी गलत प्रचार गरिएको बताए। उनले भने,–‘रातोमा सेतो क्रान्तिकारीको सङ्केत हो, हामी सदैव लोकतन्त्र, समाजवादको स्थापनार्थ अग्रशर हुन्छौ, पार्टीको विचार विपरीत लगाइएको होडिर्ङ बोर्डले सन्देश गलत दिएको छ।’

पार्टी सभापति समेतले समेत त्यो कुरालाई ध्यान नदिएपछि सिद्धनाथ विज्ञान क्याम्पसमा सोमबार आधारीकारीकता दाबी गर्दे कोइराला निकट मानिने नेपाल विद्यार्थी सङ्घका पूर्व अध्यक्ष तर्क राज भट्टको प्यानल बाट सिद्धनाथ क्याम्पसका इकाई सभापति बिपी जोशी भएको होर्डिङ बोर्ड व्यवस्थापन गरिएको छ।

पार्टीको निर्णय ठुक्राउदै गलत सन्देश जाने गरी लगाइएको उक्त होर्डिङ बोर्ड नहटाइँदा विद्यार्थीहरूको मानसिकतामा गलत सन्देश पर्न जाने नेपाल विद्यार्थी संघ कञ्चनपुरका पूर्व अध्यक्ष तर्कराज भट्ट बताउँछन्। नेपाली काँग्रेस कञ्चनपुरले नियत बस यस्तो काम गर्दा भविष्यमा समस्या निम्तिने तर्फ उनले सचेत गराए। नेपाली कागं्रेशले पार्टीको विचार, सिद्धान्त विपरीत तथा निर्णय उल्टाउँदै डेढ महिना देखी सिद्धनाथ क्याम्पसमा लगाइएको होर्डिङ बोर्ड नहटाउँदा क्षति बेर्हाेरनुपर्ने चेतावनी दिइएको छ। नेविसंघ कञ्चनपुरका पूर्व अध्यक्ष भट्टले जिल्ला र राष्ट्रिय निर्वाचनमा समेत यसको असर पर्ने चेतावनी दिए। उनले आज सिद्धनाथ विज्ञान क्याम्पसमा आधिकारिकता दाबी सहित होर्डिङ बोर्ड व्यवस्थापन गरिएको जानकारी दिए।

यता नेपाली काँग्रेस कञ्चनपुरका अध्यक्ष हरि बोहराले जिल्लामा कमिटी गठनमा भएको विवादले तत्काल कमिटी गठन नै नगर्न निर्णय गरिसकेको जनाएका छन्। उनले केन्द्र बाटै कुनै आधिकारिक जानकारी नआउँदा क्याम्पसहरूमा होर्डिङ बोर्ड लगाइनु आफैमा लज्जास्पद विषय भएको बताए। उनले होर्डिङ बोर्ड हटाउन निर्देशन जारी गरिसकेको जानकारी दिए। तर होर्डिङ बोर्ड नहटाइएको विषयमा भने उनी मौन छन्।

प्रतिक्रिया दिनुस