काठमाडौं चैत्र ४। पेट्रोलिमय पदार्थको मूल्यवृद्धि त्त्काल फिर्ता नलिए आन्दोलनमा उत्रने अखिल (क्रान्तिकारी)ले चेतावनी दिएको छ । नेपाल सरकारले पटक–पटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरी जनताको ढाड सेक्ने काम गरेको छ भन्दै नेकपा (क्रान्तिकारी माओवादी) निकट रहेको विद्यार्थी संगठन अखिल क्रान्तिकारीले पेट्रोलियम पदार्थको मूल्यवृद्धि कार्यको घोर विरोध, निन्दा र भत्र्सना गरेको छ ।
संगठनका अध्यक्ष हरिकृष्ण गजुरेलले बुधबार जारी गरेको वक्तव्यमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिले यातायात, खाद्यान्न, लत्ताकपडालगायत सबै क्षेत्रमा प्रभाव पार्ने हुँदा पटक–पटक बढाइएको मूल्यवृद्धि अविलम्ब फिर्ता लिन नेपाल सरकारसँग हार्दिक अपिल गरिएको छ ।
वक्तव्यमा अन्यथा, समाजवादको डङ्का पिट्ने तर खुलेआम भ्रष्टाचार गर्नुका साथै राष्ट्रघात, जनघातलगायतका गतिविधिहरु गर्ने र दलाल, माफिया, भ्रष्टाचारी र घुसखोरीहरुको संरक्षण गर्ने नेपाल सरकारविरुद्ध सशक्त संघर्षमा उत्रन बाध्य हुने चेतावनी समेत दिएको छ ।