महेन्द्रनगर ४, चैत्र-कञ्चनपुरको भीमदत्तनगरपालिकाले एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र निर्माणका लागी प्रारुव एवं प्रतिबद्धता पत्र जारी गरेको छ। नगर कार्यपालिका बैठक बाट चैत्र १ गते प्रारूप एवं प्रतिबद्धता स्वीकृति गरिएको थियो। सोमबार पत्रकार सँगको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा फोहर मैला व्यवस्थापन केन्द्र सहजीकरण समितिले एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र प्रारूप एवं प्रतिबद्धता पत्र सार्वजनिक गरेको हो।
एडिबीको सहयोगमा सन् २०१७ साल देखी सुरु गरिएको उक्त योजना अन्तर्गत सन् २०२२ सम्म स्थान छनौट गरी निर्माण कार्य सम्पन्न गरीसक्नुपर्ने हो। तर नगरपालिकाले ४ वर्ष सम्म कुनै उल्लेख्यनिय प्रगति गर्न नसकेपछि तिन सदस्यीय एकिृत फोहर मैला व्यवस्थापन केन्द्र सहरीकरण कार्यदल गठन गरेको छ। उक्त समितिले चालु महिना भित्रै उचित स्थानको टुंगो लगाइ सक्नुपर्ने छ। एकिृत फोहर मैला व्यवस्थापन केन्द्र सहरीकरण कार्यदलले मार्च महिनामा स्थानको टुंगो नलगाए बाँकी रकम फिर्ता जाने जोखिम देखीएको हो।
एसियाली विकास बैङ्कको सहुलियत ऋणअन्तर्गत फोहोर मैला व्यवस्थापन केन्द्रको निर्माणका लागी पहिलो चरणमा भीमदत्तनगरपालिकाले नेपाल सरकार बाट ३ अर्ब भन्दा बढी रुपैयाँ पाउने भएको छ। पहिलो चरणमा ३६ किलोमिटर अत्याधुनिक सडक र एकीकृत फोहर मैला व्यवस्थापन केन्द्र निर्माण गर्ने योजना नगरपालिकाको रहेको छ।
जसका लागी भीमदत्तनगरपालिका वडा नम्बर ३, ७ र ८ मा रहेका सहिद स्मृति सामुदायिक वन, सिद्ध सामुदायिक वन र शिद्धनाथ वैजनाथ सामुदायिक तपोवनको मिलनस्थल खन्नेखोला किनाराको जग्गा वा सहिद स्मृति सामुदायिक वन सालमीगडा मध्ये एक ठाउँमा फोहर मैला व्यवस्थापन केन्द्र निर्माण गरिने छ। अत्याधुनिक प्रविधि र उपकरण युक्त एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र न्यूनतम २५ हेक्टर जग्गामा निर्माण गरिने जनाइएको छ।
एकिृत फोहर मैला व्यवस्थापन केन्द्र सहरीकरण कार्यदलका संयोजक खेम भण्डारीले नगरको समृद्धि सँग जोडिएको उक्त परियोजना खेर जानबाट जोगाउन खोजिएको बताए। उक्त परियोजना सफल भए भीमदत्तको पहिचान, नगरवासीलाई रोजगारी र आर्थिक समृद्धि हासिल हुने बताए। समुदायका लागि आवश्यक अन्य पूर्वाधार तथा शिक्षा तथा स्वास्थ्यका लागी थप १८ लाख रकमको व्यवस्था नगरपालिकाले गरेको उनले बताए। व्यवस्थापन केन्द्रको वरपरको क्षेत्रमा मात्रै नभई केन्द्रभित्र नै मानव स्वास्थ्य तथा वातावरण प्रतिकुल असर नपर्ने गरी विश्व स्वास्थ्य सङ्गठनले निर्धारण गरेको मापदण्ड अनुसार प्रदूषण नियन्त्रण गर्न अत्याधुनिक विधि, प्रविधि र उपकरणको प्रयोग गरिने संयोजक भण्डारीले बताए।
फोहरमैला बाट उत्पन्न रिसाव हुने तरल पदार्थलाई दुई चरणको प्रशोधन प्रक्रियामा लगिने र अन्तिम उत्पादनका रूपमा शुद्ध पानी प्राप्त भई सिचाइ समेत गर्न सकिने उनले बताए। समग्र नगरको फोहर व्यवस्थापनका लागि स्थान उपलब्ध गराएबापत समुदायको आर्थिक, भौतिक, शैक्षिक र पर्यावरणीय हितलाई मध्यनजर गर्दे कथंनकदाचित कुनै नकारात्मक असर पर्न गए नगरपालिकाले उचित क्षतिपूर्तिको समेत व्यवस्था गरेको संयोजक भण्डारीले बताए। उनले फोहरमैला व्यवस्थापन केन्द्र मानव स्वास्थ्यलाई असर नपर्ने गरी निर्माण सम्पन्न गरिए भीमदत्त र यहाँका जनताको आर्थिक समृद्धि हुने बताए। उनले मानव स्वास्थ्यमा असर नपर्ने गरी निर्माण भइरहेको फोहोरमेला व्यवस्थापन केन्द्रको निर्माणमा सहयोग पु¥याउन सबैमा विनय समेत गरेका छन्।
नगरको समृद्धिका लागी कमजोर आर्थिक अवस्था भएका जेहेन्दार विद्यार्थीको उच्चशिक्षा(प्राविधिक शिक्षा) का लागि नगरपालिकाले पूर्ण, अर्ध र आंशिक गरी तिन चरणमा छात्रवृत्तिको समेत व्यवस्था गरेको जनाइएको छ। फोहर मैला व्यवस्थापन केन्द्रमा कुहिने, नकुहिने र काम नलाग्ने फोहरको प्रशोधन तथा व्यवस्थापन गरिने छ। कुहिने फोहरबाट कम्पोस्ट तथा ग्यास उत्पादन गर्ने प्रणाली जडान गरी नकुहिने फोहोरको पुन : प्रयोग गर्नका लागी कारखाना निमार्ण गरिने नगरपालिकाले जनाएको छ। फोहरमैला व्यवस्थापन केन्द्र निर्माण कार्य सुरु हुने बित्तिकै सयौँले रोजगारी पाउने नगरपालिकाले जनाएको छ।
यस्तो छ–प्रारुव एवं प्रतिबद्धता पत्र (पुर्ण पाठ सहित)
प्रतिक्रिया दिनुस