सुख्खायामका समयमा वन क्षेत्रमा लाग्ने डढेलो निन्त्रणका लागि कञ्चनपुरमा जनचेतनामुलक प्रभातफेरी गरिएको छ। शुक्रबार बिहान डिभिजन वन कार्यालय कञ्चनपुरको आयोजनामा महेन्द्रनगरमा प्रभातफेरी निकालिएको हो। वन डढेलो सप्ताहका अवसरमा वन कार्यालयले जनचेतनामुलक प्रभातफेरी गर्दै सचेत गराएको छ ।

वन कर्मचारी सहितका अन्य कर्मचारी, जनप्रतिनिधी वनकर्मीको हात हातमा वन डढेलो नियन्त्रण गरौँ वन जोगाऔँ भन्ने प्लेकाड सहित प्रभातफेरी गरेका थिए । डिभिजन वन कार्यालय कञ्चनपुरका डिभिजनल अधिकृत अजय बिक्रम मानन्धरले वन क्षेत्रमा लाग्ने डढेलोका कारण जैविक विविधता एव वन सम्पदा नष्ट हुने भएकाले सबै क्षेत्रबाट वन संरक्षका लागि आवश्यकता रहेको बताए । प्रभातफेरीमा कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोसहितका निजामती कर्मचारी, सुरक्षाकर्मी, जनप्रतिनिधी, समुदायिक वनका पदाधिकारी सहितको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुस