कैलालीमा १९ वर्षीया एक युवतीलाई जबरजस्तीकरणी गरेर गर्भवती बनाएको अभियोगमा बृद्ध पक्राउ परेका छन्। जिल्लाको टीकापुर नगरपालिका–४ का ६० वर्षीय बृद्ध ठ्याउके दमाईले ५ महिना पहिले युवतिलाई गर्भवति बनाएको पिडीत पक्षको किटानि जाहेरी पछि पक्राउ गरिएको प्रहरीले जनाएको हो।

इलाका प्रहरी कार्यालय टीकापुरका निमित्त प्रमुख प्रहरी निरीक्षक अरुण बमले पीडित पक्षले दिएको किटानी जाहेरीका आधारमा दमाईलाई नियन्त्रणमा लिइएको बताए। दमाईलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुस