बैतडीका एक वडा अध्यक्ष शङ्कास्पद रूपमा परस्त्री सँग होटेलमा भेटिएका छन्। जिल्लाको दोगडाकेदार गाउँपालिका
– ७ का वडाध्यक्ष भरत महरा स्थानीय एक महिलासँग शङ्कास्पद रूपमा भेट्टिएका हुन्। शङ्कास्पद रूपमा भेट्टिएका महरा र ती महिलालाई नियन्त्रणमा लिइएको बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए।
उनीहरू दुबै जना गए राति ३ बजे स्थानीय खोचलेक बजारको एक होटेलको कोठाबाट नियन्त्रणमा लिइएका हुन्। उनीहरू दुबै जना सँगै कोठामा रहेको भन्ने सुराकी वडाध्यक्ष महराकी श्रीमती विमलाले पाएपछि उनले नै प्रहरीलाई खबर गरकी थिइन्। शङ्कास्पद रूपमा भेट्टिएका दुबैजनालाई जिल्ला झिकाइएको प्रहरी नायव उपरीक्षक अधिकारीले बताए।
वडा अध्यक्ष र ती महिलाले सँगै रात गुजारेको आसंका प्रहरीले गरेको छ। तर बिहान मात्रै खबर आएकाले बिहान होटेलको कोठामा पुग्दा वडा अध्यक्षले टाउँकोमा हेल्मेट लगाएका थिए प्रहरी नायव उपरीक्षक अधिकारीले भने, रात गुजारेको या बिहानै आएको भन्ने खुल्न बाँकी रहेको बताए।
‘दुबैजनालाई एउटै कोठाबाट नियन्त्रणमा लिएका हौँ, जिल्ला ल्याइँदै छ’ उनले भने, ‘जिल्ला ल्याइँदै छ थप बुझ्छौँ,अहिले नै सबै कुरा भन्न सकिने अवस्था छैन।, पार्टीको काम भएकोले सँगै कोठामा बसेको भन्नेछ’।  वडाध्यक्ष महरा नेकपा एमालेबाट स्थानीय तहको निर्वाचनबाट वडाध्यक्ष भएका थिए।
प्रतिक्रिया दिनुस