महाभारतकी द्रौपदीका बारेमा धेरैजसो मानिसहरु जानकार छन् । द्रौपदीको जन्म प्राकृतिक रुपमा नभई राजा द्रौपदले एउटा यज्ञ गरेर द्रौपदी र छोरा घृष्टद्युम्नलाई प्राप्त गरेका थिए । यसलाई महाभारतको सत्य घटना मानिन्छ । तर के तपाईलाई थाहा छ कि पाँच पतिसँग विवाह गर्ने द्रौपदीको पाण्डव दाजुभाईहरुसँग विवाह हुनुभन्दा पहिले कुनै अर्को पुरुषसँग प्रेम थियो ? महाभारतको कथाबारे जानकारहरुलाई सुन्दा अचम्म लाग्दा, द्रौपती अर्जुनसँग नभइ दानवीर भनेर चिनिने कर्णलाई प्रेम गर्थिन् । (दानविर कर्ण कुन्तीका प्रथम पुत्र हुन्। उनको जन्म भगवान सुर्यको आसीसको परीक्षणका क्रममा भएको थियो।)  तर आफ्नो पिता द्रुपदको भिष्मसँग प्रतिशोध लिने प्रतिज्ञा र मान–सम्मानका कारण द्रौपदी र कर्णले कहिले पनि एकअर्काको मनको कुरा भन्न पाएनन् ।

पांचाल देशका राजा द्रुपदकी छोरी भएका कारण द्रौपदीसँग जोडिएका थुप्रै कुराहरु थुप्रै राज्यमा फैलिएको थियो । द्रौपदीको सुन्दरता, बुद्धि र विवेकलाई देखेर धेरै राज्यका राजा उनीमाथि मोहित थिए । तर महारथी कर्णलाई द्रौपदीको निडर स्वभाव निकै राम्रो लाग्थ्यो । द्रौपदी आफ्ना साथीहरुसँग घुम्नका लागि आउने गर्दथिन् । द्रौपदीलाई देख्ने बित्तिकै कर्ण पनि उनीप्रति मोहित भए । जब द्रौपदीको स्वयंवरका लागि राजा द्रुपदले द्रौपदीको कक्षमा दासीमार्फत महान योद्धाहरुको चित्र पठाएका थिए, त्यसमा कर्णको पनि चित्र थियो । किनभने दुर्योधनका साथी भएका कारण सबैले कर्णलाई सम्मान गर्दथे र उनलाई पनि राजसी खानदान झैं मान्दथे ।

द्रौपदी कर्णको चित्र देखेर उनलाई मन पराउन लागिसकेकी थिइन् । जब स्वयंवरको दिन आयो, द्रौपदीको दृष्टि सबै राजा र पाण्डवमध्ये कर्णलाई खोजिरहेका थिए । द्रौपदीलाई उनका पिता राजा द्रुपदले भिष्मसँग प्रतिशोध लिने प्रतिज्ञाको बारेमा पहिले नै बताइसकेका थिए । यसका साथै द्रौपदीलाई यो पनि थाहा भइसकेको थियो कि कर्ण एक सूतपुत्र हुन् र यदि उनको विवाह कर्णसँग भयो भने उनी जीवनभरी एक दासको पत्नीको रुपमा चिनिने छिन् । यसका साथै कर्णसँग विवाह गरेपछि आफ्नो पिताको प्रतिज्ञालाई पूरा गर्न उनले सहयोग गर्न पाउँदिनन् । यही दुविधामा रहेर द्रौपदीले आफ्नो मनको सट्टा दिमागको कुरा सुन्दै कर्णसँग विवाह गर्ने आफ्नो भित्रि इच्छालाई त्यागेकी थिइन् ।

आफूसँगै निराश भइसकेकी द्रौपदीले स्वयंवरमा एउटा कठोर निर्णय लिँदै कर्णलाई सूतपुत्र भनेर उनलाई अपमानित गरेकी थिइन् । द्रुपद पुत्रीले सभामा आफू एक सूतपुत्रसँग विवाह गर्न नसक्ने बताएकी थिइन् । यस प्रकारले कर्णलाई निकै आघात पर्यो कि द्रौपदीजस्ती निडर र क्रान्तिकारी सोच राख्ने महिला उनको जातको आधारमा यस्तो प्रकारको अपमान गर्न सक्छिन् । स्वयंवरमा द्रौपदीबाट अपमानित भएपछि कर्णको मनमा द्रौपदीका लागि घृणा र रिस भरिसकिएको थियो । जबकी द्रौपदी आफ्नो यो शब्दको सत्य जान्दथिन् । पाँच पाण्डवसँग विवाह भइसकेपछि पनि द्रौपदीले कहिले पनि कर्णलाई आफ्नो मनबाट निकाल्न सकेकी थिइनन् । जब पासाको खेलमा पाण्डव आफ्नो सबैकुरा हार्दै द्रौपदीलाई दाउमा राखेका थिए तब दुर्योधनले दुशासनलाई द्रौपदीको वस्त्र हरण गरेर आफ्नो काखमा राख्ने आदेश दिएका थिए । यतिबेला सबैजना खेलको नियम यस्तै भएको भन्दै मौन थिए जबकी द्रौपदीलाई सभामा उपस्थित कर्णको सहायताको आशा थियो । तर आत्मग्लानी भएका कारण द्रौपदीले कर्णसँग सहायता मागिनन् । उता कर्ण पनि स्वयंवरमा आफ्नो अपमानको प्रतिशोध लिनका लागि मौन थिए ।

जब असंख्य बाण लागेपछि भिष्म पितामहा मृत्युशैय्यामा आफ्नो मृत्युको प्रतिक्षा गरिरहेका थिए, त्यतिबेला महारथी कर्ण भिष्मलाई भेट्न गएका थिए । उनले भिष्मलाई द्रौपदीसँग आजीवन प्रेम गर्ने गरेको बताए । जब उनी आफ्नो प्रेम कहानीसँग जोडिएको विभिन्न घटनाहरु भिष्मलाई बताइरहेका थिए, त्यति बेला द्रौपदीले ती कुराहरु सुनिरहेकी थिइन् । त्यतिबेला द्रौपदीलाई पनि थाहा भयो कि उनले मात्र नभई कर्णले पनि आफूलाई धेरै माया गर्ने गरेको थाहा पाएकी थिइन् । भूमिबाट पाएको श्रापका कारण युद्धको समय कर्णको रथ भूमिमा भास्सियो । यसका साथै उनले मन्त्र पनि बिर्सिसकेका थिए । यसकारण उनले आफ्नो रक्षा गर्न सकेनन् र अर्जुनले पछाडिबाट प्रहार गर्दै कर्णलाई मृत्युको मुखमा पुर्याए । यसरी द्रौपदीका श्रीमान ९अर्जुन०ले उनको प्रेमलाई सदाको लागि अन्त्य गरिदिए ।

एजेन्सी

प्रतिक्रिया दिनुस