कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले महिला असुरक्षित बन्दै जानुको कारणको खोजी गरिनुपर्ने बताएका छन्। शुक्रवार सुरक्षित चेली अभियान कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी महताले आमा बुवाले मन्दिरमा गएर भगवान सँग प्रार्थना गर्दा समाजमा चेली असुरक्षित बन्दै गएको बताएका हुन्।
एककिसीमको मानसिकता बोकेर मन्दिरमा गई आमाबुवाले छोरा प्राप्तिका लागी सङ्कल्प लिने गरेका तर जन्मँदा छोरी जन्मिए उल्टो भएको भन्दै हत्या गर्ने सम्मका अपराध समेत हुने गरेका बताए। उनले छोरा–छोरी पुरुष महिलाको संर्षग बाट जन्मिने भएकाले जे भए पनि समाज सुधार तथा राष्ट्रको विकासमा योगदान पु¥आउन सक्ने गरी संन्तामा शिक्षा दिनुपर्नेमा जोड दिए। उनले मानसिकता सकारात्मक भएमा मात्रै समाज सुद्धृढ हुने बताए।
‘सुरक्षित चेली समृद्ध समाजको आधार, अपराध रहित समाजको पूर्वाधार’ भन्ने नाराका साथ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको आयोजनामा शुक्रवार देखी सुरक्षित चेली अभियानको सुरुवात भएको हो। कार्यक्रमका सभापति तथा भीमदत्तनगरपालिकाकी उपप्रमुख सुशीला चन्द सिंहले पनि घरबाटै चेली सुरक्षित बनाउन आमाबुवाको प्रथम जिम्मेवारी भएको बताइन्। उनले सुद्धृढ समाजको परिकल्पनाका लागी सबै एकजुट भएर लाग्नु पर्नेमा जोड दिइन्।
कार्यक्रममा सुदूर पश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति अम्मरराज जोशीले नैतिकवान् समाजको निर्माणमा सबै एकजुट हुनुपर्ने बताए। उनले भने,–‘यस क्षेत्रमा विश्वविद्यालय स्थापन भएको छ, तर विद्यार्थीहरू पढाइभन्दा अन्य गतिविधितर्फ आक्रसीत भएको पायौ।’ चरित्रवान् विद्यार्थी बनाउन विश्वविद्यालयले उल्लेखनीय योगदान दिन नसेकेको जनाउँदै उनले अब त्यसमा आफूहरू प्रतिबद्ध रहेको जनाए। शैक्षिक जिम्मेवारीको विषय प्रहरीले काँधमा लिएको प्रति उनले धन्यवाद समेत ज्ञापन गरे। सुसंस्कृत समाजको निर्माणका लागी हातेमालो , सहकार्य गर्न आफूहरू सदैव तत्पर रहेको जनाए।
त्यस्तै कार्यक्रममा बोल्दै प्रमुख अतिथि जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख फैरु तामाङले महिला घरबाटै महिला सुरक्षित तुल्याइनुपर्ने बताए। उनले भने,–‘घरबाटै छोरी असुरक्षित बनेका छन्, सर्वप्रथम परिवार नै नैतिकवान् र हिंसा रहित हुनु जरुरी छ।’ आमा बुवामा नैतिकताको ज्ञान हुनुपर्ने र छोरा छोरी बिचका समानता कायम हुनुपर्ने उनले बताए।
जिल्ला प्रहरी कार्यालय क कञ्चनपुरले जिल्ला स्थित ९ ओटै स्थानियतहहरुमा सुरक्षित चेली अभियान अन्तर्गत अन्तरक्रियात्मक कार्यक्रम सामाजिक मूल्य मान्यताका नाममा हुने हिंसाहरू विरुद्ध जनचेतना अभियान गरिने जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक एवं डिएसपी अमरबहादुर थापा क्षेत्रीले सामाजिक मूल्य मान्यताका नाममा हुने हिंसा, रुढीवादी प्रथा र आत्महत्या, सिमानाका बाट हुने चेली तस्करी, बालविवाह बहु विवाह, पितृसत्तात्मक सोच लगायतका कुरीति, कुसंस्कार, अपराध विरुद्ध स्थानियतहका जनप्रतिनिधि बुद्धिजीवीहरू सँग अन्तरक्रिया तथा पर्चा टेम्पलेट वितरण गरी बढी भन्दा बढी महिलाहरूको सहभागिता गराएर महिला हिंसा न्यूनीकरण सम्बन्धी जानकारी गराइने बताए।