नेपाल कम्युनिष्ट पार्टीले सेति महाकाली व्युरोमा स्कुलींग कार्यक्रम संचालन गरीरहेको छ । सेति महाकाली व्युरो स्कुलिंग विभागको आयोजनामा कैलालीबाट शुरु गरीएको स्कुलींग कार्यक्रमको उद्.घाटन पार्टीका सेति महाकाली व्युरो इन्चार्ज प्रशान्तले गरे। उद्.घाटन गर्दै बैज्ञानिक समाजवाद नै अहिलेको राजनीतिक संकटको निकास भएको कुरामा जोड दिंदै ईन्चार्ज प्रशान्तले भने,“संसदीय व्यवस्था मक्की सकेको छ । संसदवादीहरुले जती सुकै प्रयत्न गरे पनि संसदीय व्यवस्थाको अन्त्य अनिवार्य छ । जनताको चाहना अनुसार शान्तिपूर्ण तरीकाले व्यवस्था छनौटका लागि जनमत संग्रहमा जान तयार छौं।“

सेति महाकाली व्युरो स्कुलींग विभागका प्रमुख शेर बहादुर देउवाको अध्यक्षतामा सन्चालन भएको कार्यक्रममा महान जनयुद्धका घाईते योद्धा संघका पुर्व अध्यक्ष प्रेम बयक, पार्टी व्युरो सदस्य गणेश ढकाल अतिथि थिए ।व्युरो स्कुलिंग विभाग सदस्य दील वहादुर साउँदले सन्चालन गरेको उक्त कार्यक्रममा स्कुलिंग विभाग सदस्य राजेन्द्र विष्ट“परिवर्तन“ ले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा जनयुद्धका घाईते प्रेम बयक, लामो समय सम्म जेल जिवन विताएर रिहा भएका गणेश ढकाल, पुर्ण खड्का र जगतलाई अभिनन्दन समेत गरीएको थियो । चार दिन सम्म चल्ने स्कुलिंगमा शेर वहादुर देउवा, राजेन्द्र विष्ट “परिवर्तन“ र दील वहादुर साउँदले प्रशिक्षण दिने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुस