फाइल।

कैलालीमा कोइला बोकेको भारतीय नम्बर प्लेटको ट्रक दुर्घटनामा परेको छ । जिल्लाको टीकापुर नगरपालिका –४ स्थित टीकापुर–लम्की सडकखण्डमा यू पी ३१ ८१५९ नम्बरको ट्रक दुर्घटनामा परेको प्रहरीले बताएको छ ।

कोइला ल्याएर खक्रौलाबाट टीकापुर आउँदै गरेको सो ट्रक शुक्रबार राति ८ बजे दुर्घटना भएको इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी निरीक्षक अरुण बमले बताए । उनले दुर्घटनामा परी घाइते भएका ट्रक चालकको परिचय भने खुल्न बाँकी रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुस