कञ्चनपुर चैत्र ७। कञ्चनपुरको शुक्लाफाँटामा रहेको बुदोकैदो नयाँ शाखा गणेशपुरमा समुद्घघाटन भएको छ । सनिवार नयाँ शाखाको समुद्घाटन तथा खेलाडी सम्मान कार्यक्रमको सम्पन्न भएको हो ।नेपाली मार्सल आर्टको खेल बुदोकैदो शाखाको समुद्घघाटन कार्यक्रमका प्रमुख अतिथि शुक्लाफाँटा नगरपालिका मेयर दिल बहादुर ऐरले गर्नु भएको थियो । बुदोकैदो शाखाको समुद्घघाटन कार्यक्रम बुदोकैदोका खेलाडीहरुले बिभिन्न खेलका डेमो देखाएका थिए। डेमो खेलमा सागर बिष्टले पेटमा १०० के जी ढुङ्गा राखेर ढुङ्गा फुटाएका थिए ।
लक्ष्मन बोहरा गरिमा पार्की लगायतका बुदोकैदोका चार खेलाडीहरुले पेटमा मोटरसाइकल चलाएर उत्कृष्ट खेलको प्रदर्शन गरेका थिए । कार्यक्रममा कलाकारहरुले विभिन्न सास्कृतिक नृत्य पनि प्रस्तुत गरेका थिए ।कार्यक्रम प्रमुख अतिथि मेयर दिल बहादुर ऐरले सबै खेलको सम्बर्द्धन गर्न र राष्ट्रिय खेलाडी उत्पादन गर्ने नगरपालिकाले खेलकुद ऐेन जारी गर्ने तयारी रहेको बताए ।कार्यविधि तयार भएको छ कार्यविधि मार्फत ऐेन जारी गरेर सबै खेलको सम्बर्द्धन तथा खेलाडी सम्मान गर्ने बताए खेलका लागि कार्यपालिका बाट बजेटको व्यवस्था मिलाउने र नगरपालिका सबैसंग हातेमालो गर्दै अघि बढ्ने बताए ।

 

कार्यक्रम विशिष्ट अतिथि शुक्लाफाँटा वार्ड १ का वार्ड अध्यक्ष हरिश बिष्टले खेलकुदकालागि वार्ड नम्बर १ मा क्रिकेट मैदान तयार भइसकेको छ बुदोकैदो खेलेको बारेमा आफुलाई जानकारी नभएको बताए अव बुदोकैदो खेलेका लागि पनि बजेटको व्यवस्था मिलाउने बताए यस वार्डको खेलाडी काठमाण्डौँमा गएर शुक्लाफाँटा नगरपालिकाको नाम राख्न सफल भएकोमा आफु खुसी भएको बताए सबै खेलको सम्बर्द्धन तथा खेलाडी सम्मान कार्यक्रमको लागि वार्डका सबै जनप्रतिनिधि एक भएर अगाडि बढ्ने बताए।

कार्यक्रममा विशिष्ट अतिथि नेपाल बुदोकैदो संघका केन्द्रिय अध्यक्ष काजीमान श्रेष्ठ विशिष्ट जिल्ला खेलकुद विकास समिति प्रमुख गोपाल दत्त भट्ट , शुक्लाफाँटा नगरपालिका वार्ड नम्बर १ वार्ड सदस्य तथा न्याय समिति सदस्य उत्तर देव भट्ट प्रमानन्द  जोशी , शुक्लाफाँटा नगर कार्यपालिका सदस्य ईश्वर सुनार , दलित महिला सदस्य सन्तोला कामी जनजागृती माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अक्कल बहादुर बिष्ट, सहरी स्वास्थ्य केन्द्र बन्शाहका हे ।अ खेमराज अवस्थी ,डिलाशैनी बाल बिध्या मन्दिर का प्रिन्सिपल तेज बहादुर महरा लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरु उपस्थित रहेका थिए।

बुदोकैदो संघ शुक्लाफाँटाको गणेशपुर शाखा प्रमुख लक्ष्मण बोहराको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन अनुपम बोर्डिङका प्रिन्सिपल पुष्प राज जोशीले गरेका थिए। कार्यक्रमका सभापति लक्ष्मण बोहराले कार्यक्रमको सञ्चालन र शाखा उद्घघादनका लागि बिभिन्न क्षेत्रबाट सहयोग गर्ने सबैलाई हार्दिक आभार व्यक्त गर्दै आफु बुदोकैदो खेलेका लागि सधैं लागिरहने प्रतिबद्धता गर्दै कार्यक्रम समापन गरेका थिए।

काठमाण्डौँमा गएर बुदोकैदो खेलमा सहभागी भएका गोल्ड मेडल प्राप्त प्रथम स्थानमा खुला तौल समूह तर्फ सागर विष्ट, ३० केजी तौलमा प्रथम जितेन्द्र विष्ट, ३५ केजी तौलमा प्रथम विकास महरा दितिय स्थानमा ६५ केजी तौलमा धनबहादुर विष्ट, ४५ केजीमा पूर्णिमा खडायत त्यसै गरी तृतीय स्थान ६५ केजी तौलमा धिरेन्द्र साउद र महिला खुला तौल समूहकी पूजा साउदप्रतियोगिताको उत्कृष्ठ खेलाडी रोहित बिष्ट लगायतका खेलाडीलाइ सम्मान गरेका थिए।

प्रतिक्रिया दिनुस