बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कार पछि हत्या अभियोगमा सार्वजनिक गरीएका अभियुक्तले बयान फेरेका छन्। आइतबार महेन्द्रनगरमा पत्रकार सम्मेलनको आयोजना गर्दे अभियुक्तका अभिभावकले भागरथी हत्या प्रकरणमा ज्यानै जाने जोखीम देखीएपछि अपराध बाध्य भएर कबुल गर्नुपरेको भय दर्शाएका हुन्।

भागरथीको हत्या अभियोगमा सार्वजनिक गरीएका उनैका भाइ नाता पर्ने दिनेश भट्टलाई प्रहरीले अकाट्य प्रमाण सहित सार्वजनिक गरीएको दावी गरेको थियो। तर सार्वजनिकको एक महिना सुधार गृहमा बसीसकेका दिनेशले अब त वास्तविकता बाहिर ल्याउनु प¥यो भन्दै वास्तविक दोषी अरुनै भएको दावी गरेका छन्। उनले आफुलाई ज्यानमार्ने धम्की दिइएपछि हत्या कबुल गर्नुेपरेको गुनासो पोखे।
दिनेशका बुवा रमेश भट्टले पत्रकार सम्मेलन मार्फत सोही क्षेत्रका दुइ जना मध्ये एकजना कार्कीले भागरथीको खुट्टा र अर्को मास्क लगाएको व्यक्तिले हात समातेको अवस्थामा दिनेशले देखेको बताए। दिनेशको भनाइलाई उद्धृत गर्दे रमेशले भने,‘मैले यस्तो किन गरेको भने मदन कार्की माथि सडकमा आयो र मेरो मोबाइलबाट ब्याट्री निकाल्यो।’

‘म त्यो दिन विद्यालयबाट घर फर्किरहेको थिए, बाटोमा भागरथी दिदी त्यो व्यक्तिलाई भेटेँ । आफूले त्यो अवस्थमा दिदीलाई भेटेपछि त्यस्तो नगर्न भने तर उनीहरुले मानेनन् उल्टै यो कुरा बाहिरिएमा तिम्रो सिंगो परिवारलाई अ सुरक्षा हुने बताए । मैले त्यही भएर अहिलेसम्म सत्य लुकाए।’
उनले थपे, ‘मैले छोरालाई अहिलेसम्म किन नभनेको पनि सोधेँ उसले हजुरहरुलाई केही गर्छन की भनेर भनिन । अब तपाईं कञ्चनपुर जानुभो सुरक्षित भएको महसुश गरेकोले आज भनेको हुँ।’

पत्रकार सम्मेलन मार्फत दिनेशले बाध्यपारेर अपराध स्वीकार्नुपरेको धारणा दिइरहेका बेला सुदूरपश्चिम प्रहरीले भने त्यो सरासर झुटा रहेको जिकिर गरेको छ। सुदूरपश्चिम प्रदेश प्रहरी प्रवक्ता एसएसपी मुकेश सिहले अकाट्य प्रमाणका आधारमा दिनेशलाई सार्वजनिक गरीएको बताए। उनले भने,–‘यो अदालतको विषय हो धेरै बोल्न मिल्दैन, हामीसँग डिएनए रिपोर्ट सहितका प्रमाण सुरक्षीत छन्।’दिनेश नै हत्या हो भन्नेमा दुइ मत छैन्।

प्रतिक्रिया दिनुस