घोडाघोडीमा बस दुर्घटना हुँदा मृत्यु भएका एक व्यक्तिको अहिले सम्म पहिचान खुल्न सकेको छैन ।
आइतबार साँझ करिब ६ः३० बजे धनगढीबाट काठमाडौँको लागि छुटेको ना ६ ख ७४६१ बस कैलालीको घोडाघोडी नगरपालिका ५ डोकेबजारमा दुर्घटना भएको थियो ।

दुर्घटनामा परि एक जनाको ज्यान गएको थियो भने २७ जना घाइते भएका थिए । करिब २२ वर्षीय पुरुषको अहिले सम्म सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक हिक्मत थापाले जानकारी दिए ।
दुर्घटनामा एक जना गम्भीर घाइते रहेका थिए उनको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको र अन्य २५ जनाको घोडाघोडी अस्पतालमा उपचार भइरहेको थापाले बताए ।

प्रतिक्रिया दिनुस