प्रेस संगठन नेपाल कञ्चनपुरले आशन्न नेपाल पत्रकार महासंघको निर्वाचनका लागि निर्वाचन परिचालन समिति गठन गरेको छ। आइतबार प्रेस संगठन कञ्चनपुरको आकस्मिक बैठकले २५ चैत्रमा हुने जिल्ला, प्रदेश र केन्द्रीय समितिको निर्वाचनका लागि निर्वाचन परिचालन तथा उम्मेदवार छनौट समिति गठन गरेको हो।
प्रेस संगठन नेपाल सुदूरपश्चिम प्रदेशका अध्यक्ष राम सिह ठगुन्नाको संयोजकत्वमा निर्वाचनका लागि निर्वाचन परिचालन समिति गठन गरेको हो। सदस्य केशवराज जोशी, राजेन्द्र प्रशाद पनेरु, राजेन्द्र अवस्थी, गोकुल निगौला, मोहन विष्ट, धर्मराज कठायत रहेका छन।
राजेन्द्र प्रशाद अवस्थीको संयोजक व्यवस्थापन, केशवराज जोशीको संयोजकत्वमा प्रचारप्रसार, अरुण भट्टको नेतृत्वमा समन्वय समिति गठन गएको छ । प्रेस संगठन नेपालले आफ्ना संगठनका उम्मेदवार र अन्य संघ संगठनहरुसग आगामी कार्य समिति सहमतीय आधारमा नेतृत्व चयनका लागि पहल गर्नेछ ।