उपकुलपतिको पद रिक्त रहेका तीन प्रतिष्ठानका स्वास्थ तथा जनसंख्या मन्त्रालयले प्रारम्भिक चरणमा ३१ जनाको नाम सिफारिस गरेको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान कास्की र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ललितपुरमा रिक्त रहेको उपकुलपति पदमा नियुक्ति गर्न मन्त्रालयले ३१ जनालाई प्रारम्भिक चरणमा सिफारिस गरेको हो ।
सबैभन्दा धेरै कर्णाली स्वास्थ्य प्रतिष्ठानमा उपकुलपतिको लागि १३ सिफारिस गरिएको छ । त्यस्तै पोखरा र पाटन स्वस्थ्य प्रतिष्ठानमा ९र९ जनाको जनालाई सिफारिस गरिएको छ । उपकुलपति नियुक्तिका लागि सिफारिस गर्न गठित सिफारिस समितिले गत फागुन २४ गते गरेको सूचना अनुसार प्राप्त भएका आवेदन, योग्यता, अनुभव तथा व्यावसायिक कार्ययोजना समेतको प्रारम्भिक छानविनका आधारमा सूची सार्वजनिक गरेको मन्त्रालयले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।