वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले खाने तेल र पानीको मूल्यबारे सार्वजनिक घोषणा गर्न बिक्रेतालाई आदेश दिएको छ। घोषणापश्चात् व्यवसायीलाई कसूर अनुसार कारवाही हुने सामाजिक सञ्जाल ट्विटरमार्फत विभागले जनाएको छ।
विभागको ट्विटरमा लेखिएको छ, ‘खाने तेलको मूल्य तथा शिलबन्द बोतलको पानीको मुल्य तथा गुणस्तर लगायतका बारेमा उपभोक्ताको गुनासो समेतको सम्बोधन गर्न सम्बन्धित व्यवसायीलाई मूल्य र गुणस्तर पुष्टि हुने गरी सार्वजनिक रूपमा घोषणा गर्न आदेश दिइएको छ। घोषणापश्चात् कसूर अनुसार कानून बमोजिम कारवाही हुनेछ।’
प्रतिक्रिया दिनुस