सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले विद्यार्थी भर्ना शुल्क चर्को तोकेको भन्दै घटाइनुपर्ने माग सहित विद्यार्थीसंगठनहरु आन्दोलित भएका छन्। विश्वविद्यालयले यस वर्ष देखी लानुहुने गरी सबै तहमा दोब्बरले भर्ना शुल्क वृद्धि गरेको भन्दै संयुक्त ६ विद्यार्थी सङ्गठनले आन्दोलनका कार्यक्रम तय गरेका हुन्।
कञ्चनपुरमा अनेरास्ववियुका अध्यक्ष रोहित गजुरेल, नेविसंघका विक्रम बुढा, अखिल (क्रान्तिकारी) का अध्यक्ष गणेश राज मिश्र, अखिल (क्रान्तिकारी) अध्यक्ष नागेन्द्र जोशी, अखिल (क्रान्तिकारी) संयोजक अर्जुन बिक, अखिल छैटौँ अध्यक्ष (विक्रम कार्की), समाजवादी विद्यार्थी सङ्गठन नेपालका अध्यक्ष संकर बोहराले संयुक्तरुपमा सोमबार प्रेस विज्ञप्ति जारी गर्दे शुल्क फिर्ता लिइनुपर्ने माग सहित आन्दोलनका कार्यक्रम तय गरेका छन्।
चैत्र १० गते शुल्क वृद्धिका विरुद्ध अपिल पत्र लगायत प्रचार प्रसार, ११ गते प्लेकार्ड सहित बिहान १० बजे धर्ना कार्यक्रम र १२ गते केन्द्रीय क्याम्पसको गेटमा उपकुलपति र रजिस्टार को पुत्ला दहन सम्मका विरोध राखिएको जारी विज्ञप्तिमा उल्लेख छ।
प्रतिक्रिया दिनुस