बझाङ्गकोे बित्थडचिर गाउपालिकामा चैत १२ गतेदेखि राष्ट्रपति रनिङ सिल्ड प्रयोगिता हुने भएको छ । १२ गते देखि ५ दिनसम्म चालु आर्थिक बर्षको राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता हुने गाउँपालिकाले जानकारी दिएको हो। गाउपालिका भित्र रहेका सम्पुर्ण माध्यमिक विद्यालयका १८ बर्ष भन्दामुनिका छात्रछात्राबिच प्रतियोगिता गरि राष्ट्रपति रनिङ शिल्ड सुरु हुने भएको छ।

गाउँपालिकाको वडा नम्बर ९ मा रहेको सुनकुडा माध्यमिक बिद्यालय खेल खेलमैदानमा सञ्चालन हुने भएको छ। प्रतियोगिता अन्तर्गत छात्रछात्रा दुबैतर्फ भलिबल, दौड, रिले, हाईजम्प, लङजम्प, त्रिपलजम्प र ज्याभालिङ लगायतका खेलहरु सञ्चालन हुनेछन । गाउपालिकाभरीका पाँच माध्यमिक विद्यालय रहेछन।

प्रतिक्रिया दिनुस