फाइल।

चार्जमा राखेको मोबाइल पड्किएर अछामकी एक किशोरीको मृत्यु भएको छ। जिल्लाको मंगलसेन नगरपालिका–१ की १५ वर्षीया सपना नाथको मोबाइल पड्किएर मृत्यु भएको हो।

अछाम प्रहरीका अनुसार मृतक नाथ स्थानीय कुन्ती माध्यमिक विद्यालयमा कक्षा ६ मा अध्यनरत थिइन्। उनले सोमबार राति मोबाइल चार्जमा राखेर फिल्म हेरिरहँदा मोबाइल पड्किएको थियो। गम्भीर घाइते भएकी नाथको जिल्ला अस्पताल अछाममा उपचारका क्रममा मंगलबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुस