मंगलबार पनि स्थानीय बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी बजार व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ८६ हजार ७०० रुपैयाँमा कारोबार हुनेछ ।

यसअघि प्रतितोला ८७ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा ३०० रुपैयाँ घटेको हो ।सोही परिमाणको तेजावी सुनलाई आज प्रतितोला ८६ हजार २५० रुपैयाँ पर्नेछ । यता, चाँदीको भाउ समेत तोलामा १० रुपैयाँ घटेको छ । सोमबार प्रतितोला एक हजार २६० रुपैयाँ कायम भएको चाँदी आज एक हजार २५० रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया दिनुस