अमेरिकाको कोलोराडो राज्यस्थित बोल्डर शहरमा अन्धाधुन्ध गोली प्रहार हुँदा एक प्रहरीसहित १० जनाको मृत्यु भएको छ। समाचार संस्था एएफपीका अनुसार बोल्डर शहरको टेबल मेसा इलाकाको एक सुपरमार्केटमा स्थानीय समयअनुसार सोमबार दिउँसो ३ बजे गोलाबारी भएको हो।
एक बन्दुकधारीले अन्धाधुन्ध गोली प्रहार गर्दा प्रहरीसहित १० जनाको मृत्यु भएको छ। प्रहरीले हाल एक संदिग्धलाई गिरफ्तार गरिसकेको छ। यो गोलाबारी पछाडिको कारण भने अनुसन्धानको क्रममा छ।
प्रतिक्रिया दिनुस