नेपालमा पछिल्लो २४ घण्टामा थप १८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १८८ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ७६ हजार २४४ पुगेको छ । पछिल्लो २४ घण्टामा ७७ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ७२ हजार ९७ जना संक्रमणमुक्त भएका छन् ।

अहिलेसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या तीन हजार १९ पुगेको छ । आज कोरोनाबाट थप व्यक्तिको मृत्यु नभएको मन्त्रालयको वेभसाइटमा उल्लेख छ । नेपालमा हाल सक्रिय संक्रमितको संख्या ११२८ रहेको छ । पछिल्ला दिनहरुमा नेपालमा कोरोना संक्रमित बढ्दै गइरहेको छ । प्राय हरेक दिन १ सयभन्दा कम संक्रमित फेला पर्ने नेपालमा दुई दिन यता संक्रमितको संख्यामा बृद्धि भइरहेको तथ्यांकमा उल्लेख छ ।

प्रतिक्रिया दिनुस