राष्ट्रपति विद्यादेवी भण्डारी मित्रराष्ट्र जनवादी गणतन्त्र बंगलादेशको २ दिने राजकीय भ्रमण सम्पन्न गरी मंगलवार अपराह्न स्वदेश फिर्ता भएकी छन् । राष्ट्रपति भण्डारी र नेपाली प्रतिनिधिमण्डललाई ढाकास्थित हजरत शाहजलाल अन्तरराष्ट्रिय विमानस्थलमा त्यहाँका विदेशमन्त्री डा। एके अब्दुल मोमेन, बंगलादेशका लागि नेपाली राजदूत डा वंशीधर मिश्र लगायतले बिदाइ गरेका थिए ।

राष्ट्रपति भण्डारी बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको मैत्रीपूर्ण निमन्त्रणामा सोमवार त्यसतर्फ प्रस्थान गरेका थिइन् ।

प्रतिक्रिया दिनुस