कोरोना भाइरसको संक्रमणको जोखीम बढ्न सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले सर्तक रहन आग्रह गरेको छ। स्वास्थ्य तथा जंनसंख्या मन्त्रालय र सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयको आदेश अनुसार मंगलबार मध्यराती देखी लागुहुने गरी जिल्लामा होली खेल्न लगायतका भिडभाड नगर्न जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको हो।
निटक रहेको फागु पुर्णिमा, मेला, पर्व, महोत्सव, जात्रा आदिमा भिडभाड गर्न, भेला जुलुस गर्न नपाइने प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले जानकारी दिए।
त्यस्तै धार्मीक तथा सामाजिक स्थलमा सामाजिक दुरी कायम, जनस्वास्थ्य सुरक्षाको मापदण्ड पुरा गर्नुपर्ने, सिमानाका बाट साझँ ८ बजेपछि आवतजावत बन्द गरीने तथा सबैले सामाजिक दुरी कायम, स्वास्थ्य सुरक्षा सामाग्रीको अनिवार्य प्रयोग गर्नुपर्ने जिल्ला प्रशासनकार्यालय कञ्चनपुरले आदेश दिएको छ। अन्यथा संक्रामक रोग २०२० बमोजिम कार्वाही गरीने प्रशासनले चेतावनी दिएको छ।