सब डिभिजन वन कार्यालय धनगढी तारानगरका रेञ्जर रामऔतार चौधरी र घुस दिनमा सहजीकरण गर्ने स्थानीय एक समुदायिक वनका अध्यक्षविरुद्द विशेष अदालतमा मुद्दा दायर भएको छ। मुद्दा मिलाइदिन्छु भन्दै सेवाग्राहीबाट ८० हजार घुस लिने रेञ्जर चौधरी र उनलाई घुस दिनमा बिचौलियाको भूमिका निर्वाह गर्ने सीताराम सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष रामप्रसाद रानाविरुद्द अदालतमा भ्रष्टाचार गरेको सम्बन्धी आरोप पत्र दायर भएको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार जारी गरेको प्रेस विज्ञप्ति अनुसार सव–डिभिजन वन कार्यालय, तारानगरले ट्रयाक्टरका चालकसहित काठ बरामद गरेको थियो। सो काठको मुद्दा मिलाइदिन्छु भनी सोही कार्यालयका रेन्जर चौधरीले सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार कञ्चनपुरको टोलीले नियन्त्रणमा लिएको थियो। साथै उनलाई रकम दिनका लागि बिचौलियाको भूमिका निर्वाह गर्ने सीताराम सामुदायिक वन अध्यक्ष रानालाई पनि सेवाग्राहीसँग घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको मद्दामा नियन्त्रणमा लिएको हो।

प्रतिक्रिया दिनुस